मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘
त्यसमा मनमोहन अधिकारीले निष्ठा, नैतिकता र इमान थपिदिएका थिए । त्यसै समयमा माधवकुमार नेपालहरूको छट्टु वुद्धिले एउटा नारा चोरी गरेर थपे ‘आफ्नो गाउँ आफैँ बनाउँ ।’ यो कार्यक्रम राजा महेन्द्रको गाउँ फर्क राष्ट्रिय अभियानको नक्कल थियो । र पनि जनताले मानिदिए ।
मनमोहन अधिकारीको नौ महिने कालमा ७० वर्ष नाघेका बुढाबुढीलाई सरकारी कोषबाट मासिक एक सय रुपैयाँ भत्ता दिन प्रारम्भ गरियो । त्यसलाई पनि एमालेले आफ्नै पार्टीको कोषबाट दिएको जस्तो प्रचार गरे । जनताले त्यसलाई पनि मानिदिए ।
कम्युनिष्टहरूमा समानान्तर शक्ति वा नेतृत्व स्वीकार गर्ने क्षमता हुँदैन । जसरी एउटा जङ्गलमा दुईवटा शेर रहन सक्तैन भनिन्छ, कम्युनिष्ट नेताहरूको चित्त पनि त्यही जनावरको जस्तै हुन्छ, अर्काको अस्तित्व सहन नसक्ने ।
माक्र्सबादी र माले एकीकरण भएर बनेको नाम हो ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेनिनबादी अर्थात नेकपा एमाले ।’ यस बाहेकका कम्युनिष्ट पार्टीहरू गठन हुने र हराउने रोगबाट ग्रस्त थिए । यसो हुनुको पनि खास कारण छ । कम्युनिष्टहरूमा समानान्तर शक्ति वा नेतृत्व स्वीकार गर्ने क्षमता हुँदैन । जसरी एउटा जङ्गलमा दुईवटा शेर रहन सक्तैन भनिन्छ, कम्युनिष्ट नेताहरूको चित्त पनि त्यही जनावरको जस्तै हुन्छ, अर्काको अस्तित्व सहन नसक्ने ।
कम्युनिष्टहरूको यो अन्तर्राष्ट्रिय चरित्र हो । जो भ्लादिमिर लेनिन, माओत्सेतुङ् वा ब्रेझनेभहरूबाटै सर्दै आएको बिमारी हो । त्यसै कारण आफ्ना पछाडि अलिकति कार्यकर्तां देख्नेवित्तिकै एउटा पार्टी खोलेर सर्वोच्च नेता भैहाल्नुपर्ने । कोही लेनिनवादी, कोही माक्र्सवादी, कोही नौलो जनवादी, कोही रसियावादी, कोही वर्मा समूह । कोही चौथो र पाँचौ महाधिवेशनको नाममा फुटे कोही मोटो श र पातलो स को नाममा फुटे ।
अनुपातमा कम्युनिष्टहरूको चित्त सानो हुन्छ र नै मिलेर बस्न सक्तैनन्, फाटिहाल्छन् । फाटेपछि एकले अर्कालाई गाली गर्ने रेडिमेड शब्दहरू छन् कम्युनिष्टहरूसँग । संशोधनवादी, पुनरुत्थानवादी, गद्दार, दलाल, दलाल पूँजिवादका पृष्ठपोषक आदि ।
नेपालका कम्युनिष्टहरूले नेपाल कम्युनिष्ट पार्टीका श्रद्धेय संस्थापक पुष्पलाल समेतलाई संशोधनवादी र गद्दार भन्न छोडेनन् । उनीहरू यस्ता शव्द काल माक्र्स र लेनिनले नै सिकाएको हो झैं गरी प्रयोग गर्थे । यसरी टुक्राटुक्रा हुने नियतिबाट मुक्त गरेर एउटा बलियो र सिङ्गो संसदवादी कम्युनिष्ट पार्टी दिएका हुन्– मदन भण्डारीले । उनले यो फड्को किन मारे भन्ने विषय एउटा अलग्गै लेख बन्न सक्छ त्यो पछि लेखौंला ।
अर्को कम्युनिष्ट पार्टी हो– माओवादी । माक्र्सवादी, लेनिनवादी, माओवादी, ब्रेझ्नेभवादी, नौलो जनवादी यस्तै–यस्तै हो कम्युनिष्ट पार्टीहरूको पहिचान । त्यसैले होला यहाँका कम्युनिष्ट नेताहरूलाई पनि आफ्नो नामको वाद चलाउने धोको हुनेरहेछ । प्रचण्डले प्रचण्डपथ घोषणा गरे । उनका अनुयायीहरूले धेरैपल्ट घोके प्रचण्डपथ । तर प्रचण्डले माओवादी नामको पार्टी थाम्न सकेनन्, दाहसंस्कार नै गरिदिए ।
बाठो लड्छ तीन बल्ढ्याङ भनेजस्तो अहिले स्वयम् आफूू नेपालको राजनैतिक पर्दाबाट हराउने अवस्थामा पुगेका छन् प्रचण्ड । राजनीतिक शक्ति र सामथ्र्य गुमाई सकेका माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमजस्ता पात्रलाई जोडेर बनाएको नेपाली कम्युनिष्ट पार्टीले लाज छोपिरहेका छन् । एकपल्ट जनताले दुईतिहाई बराबरको शक्ति दिएको पार्टी र प्रचण्डपथसमेत खनेका प्रचण्ड कहाँ–कहाँ चुके र यो हालत भयो भन्ने कुरामा पाठकहरू आफैँ जानकार हुनुहुन्छ ।
प्रचण्ड लगायतका तिनै नेताहरू यतिखेर बृहत बाम एकताको कुरा गर्दै हिँडेका छन् । त्यति मात्र हैन कांग्रेसबाट भाँडिएका डा. शेखर कोइराला र पूर्णबहादुर खड्का प्रवत्ति सँग पनि सम्पर्क बाक्लो बनाउँदै छन् । अब उनीहरूलाई कम्युनिष्ट सिद्धान्त र दर्शन चाहिएको छैन । देश र जनताका लागि केही गरौँला भन्ने पनि छैन । केवल हिजो आफूले गरेका अनाचार र भ्रष्ट्राचारका कारण हुनसक्ने सजायबाट बचाउन सक्ने शक्ति चाहिएको छ– उनीहरूलाई ।
कम्युनिष्ट भन्ने नाममाथि नेपाली जनताको ठूलो भरोसा थियो । ऐतिहासिक पार्टी नेपाली कांग्रेस बराबर नै एमालेलाई जनमत दिइरहे जनताले । कथित जनयुद्ध गरेको माओवादीलाई त झन् स्पष्ट बहुमत नै दिए । क्षणिक स्वार्थका लागि जोडिएको माओवादी र एमालेलाई त झण्डै दुईतिहाईको वहुमत नै दिए, तर उनीहरूले त्यो जनमतको कदर गर्न सकेनन् । त्यो जनमतको सम्मान मात्र नगरेका हैनन् अपमान नै गरे ।
त्यही समान उद्देश्यका लागि हिजो आमनेसामने पर्न नहुने प्रचण्ड र केपी ओली, अनुहार देख्तै साइत बिग्रिन्छ जस्तो गर्ने केपी ओली र माधवकुमार नेपाल, पार्टीको साधारण सदस्य पनि नपाउने विद्या भण्डारी र नदिने केपी ओली अनि पदीय प्रतिस्पर्धी बन्छ भनेर पाखा लगाइएका वामदेव गौतम एकै ठाउँ बसेको फोटो प्रकाशित गर्दैछन् । र, वाम एकताको खाका कोर्दै नेपाली जनतालाई एकपल्ट फेरि मूर्ख बनाउन सकिन्छ कि भनेर योजना बनाउँदै छन् ।
कम्युनिष्ट भन्ने नाममाथि नेपाली जनताको ठूलो भरोसा थियो । ऐतिहासिक पार्टी नेपाली कांग्रेस बराबर नै एमालेलाई जनमत दिइरहे जनताले । कथित जनयुद्ध गरेको माओवादीलाई त झन् स्पष्ट बहुमत नै दिए । क्षणिक स्वार्थका लागि जोडिएको माओवादी र एमालेलाई त झण्डै दुईतिहाईको वहुमत नै दिए, तर उनीहरूले त्यो जनमतको कदर गर्न सकेनन् ।
त्यो जनमतको सम्मान मात्र नगरेका हैनन् अपमान नै गरे । कहिले संसद विघटन गरेर अपमान गरे । कहिले पार्टी फुटाएर उपहास गरे । कहिले पार्टी भित्रका आलोचक वा समानान्तर नेतालाई पाखा लगाएर तमासा देखाए । अन्त्यमा, नेताहरूको भ्रष्ट्र चरित्र, दम्भ र अहंकारबाट विरक्तिएका कम्युनिष्ट कार्यकर्ताहरू पूँजिवादी चरित्रको नयाँ अनुहारलाई मतदान गर्न वाध्य भए ।
कम्युनिष्ट पार्टी र तिनका नेताहरूमा आत्म समीक्षा, मूल्यांकन वा आत्मालोचना गर्ने चरित्र हुँदैन । गरो भने सानो भइन्छ भन्ने ठान्छन्, उनीहरू । त्यसैकारण होला कम्युनिष्ट पार्टीहरू किन यसरी धराशायी भए भनेर विश्लेषण र पुनरावलोकन गर्ने काम आजसम्म गरेका छैनन् । जनमतको माध्ययमबाट जनताले नराधम ठानेर फ्याकिसके तर पनि उनीहरू आफूलाई पुरुषोत्तम नै ठानिरहेका छन् ।
गतिविधिले के देखिन्छ भने यतिखेर उनीहरूलाई पार्टी चाहिएको हैन । माक्र्स, लेनिन र माओवाद पनि चाहिएको हैन । उनीहरूलाई त केवल यस्तो ढाल चाहिएको छ– जसले हिजो गरेका कुकृत्य वापत हुने दण्डबाट रक्षा गर्न सकोस् । बालेन सरकारले गर्ने छानबिन र कारबाहीबाट बचाउन सकोस् । उनीहरू यतिखेर वामपन्थी एकता मात्र खोजिरहेका छैनन्, दण्डित हुनबाट जोगिन सहयोग पुग्छ भने जोसँग पनि मिल्न, टाँसिन र एकता गर्न तयार छन् ।
त्यसैले कांग्रेसको पुस्तान्तरणबाट पछि परेका र खाइ नपाइ नगुमेका डा. शेखर कोइराला, डा. सशाङ्क कोइराला र पूर्णबहादुर खड्का प्रवृत्तिसँग सम्पर्क बढाइरहेका छन् । कम्युनिष्ट नेताहरूको यो छटपटाहटलाई कसैले ‘लगन पछिको पोते’ भनेका छन् भने कसैले ‘हगिसक्यो दैलो देख्यो’ भन्ने उखानसँग दाँजेर टिप्पणी गरेका छन् ।
कृष्ण अधिकारीका लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्






















Discussion about this post