Tuesday, August 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

वामपन्थीहरूको छटपटाहट

कृष्ण अधिकारी by कृष्ण अधिकारी
असार २५, २०८३
in टाकुरा विशेष, विचार
0
वामपन्थीहरूको छटपटाहट
73
SHARES
Share on FacebookShare on Twitter

मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘

त्यसमा मनमोहन अधिकारीले निष्ठा, नैतिकता र इमान थपिदिएका थिए । त्यसै समयमा माधवकुमार नेपालहरूको छट्टु वुद्धिले एउटा नारा चोरी गरेर थपे ‘आफ्नो गाउँ आफैँ बनाउँ ।’ यो कार्यक्रम राजा महेन्द्रको गाउँ फर्क राष्ट्रिय अभियानको नक्कल थियो । र पनि जनताले मानिदिए ।

मनमोहन अधिकारीको नौ महिने कालमा ७० वर्ष नाघेका बुढाबुढीलाई सरकारी कोषबाट मासिक एक सय रुपैयाँ भत्ता दिन प्रारम्भ गरियो । त्यसलाई पनि एमालेले आफ्नै पार्टीको कोषबाट दिएको जस्तो प्रचार गरे । जनताले त्यसलाई पनि मानिदिए ।

कम्युनिष्टहरूमा समानान्तर शक्ति वा नेतृत्व स्वीकार गर्ने क्षमता हुँदैन । जसरी एउटा जङ्गलमा दुईवटा शेर रहन सक्तैन भनिन्छ, कम्युनिष्ट नेताहरूको चित्त पनि त्यही जनावरको जस्तै हुन्छ, अर्काको अस्तित्व सहन नसक्ने ।

माक्र्सबादी र माले एकीकरण भएर बनेको नाम हो ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेनिनबादी अर्थात नेकपा एमाले ।’ यस बाहेकका कम्युनिष्ट पार्टीहरू गठन हुने र हराउने रोगबाट ग्रस्त थिए । यसो हुनुको पनि खास कारण छ । कम्युनिष्टहरूमा समानान्तर शक्ति वा नेतृत्व स्वीकार गर्ने क्षमता हुँदैन । जसरी एउटा जङ्गलमा दुईवटा शेर रहन सक्तैन भनिन्छ, कम्युनिष्ट नेताहरूको चित्त पनि त्यही जनावरको जस्तै हुन्छ, अर्काको अस्तित्व सहन नसक्ने ।

कम्युनिष्टहरूको यो अन्तर्राष्ट्रिय चरित्र हो । जो भ्लादिमिर लेनिन, माओत्सेतुङ् वा ब्रेझनेभहरूबाटै सर्दै आएको बिमारी हो । त्यसै कारण आफ्ना पछाडि अलिकति कार्यकर्तां देख्नेवित्तिकै एउटा पार्टी खोलेर सर्वोच्च नेता भैहाल्नुपर्ने । कोही लेनिनवादी, कोही माक्र्सवादी, कोही नौलो जनवादी, कोही रसियावादी, कोही वर्मा समूह । कोही चौथो र पाँचौ महाधिवेशनको नाममा फुटे कोही मोटो श र पातलो स को नाममा फुटे ।

अनुपातमा कम्युनिष्टहरूको चित्त सानो हुन्छ र नै मिलेर बस्न सक्तैनन्, फाटिहाल्छन् । फाटेपछि एकले अर्कालाई गाली गर्ने रेडिमेड शब्दहरू छन् कम्युनिष्टहरूसँग । संशोधनवादी, पुनरुत्थानवादी, गद्दार, दलाल, दलाल पूँजिवादका पृष्ठपोषक आदि ।

नेपालका कम्युनिष्टहरूले नेपाल कम्युनिष्ट पार्टीका श्रद्धेय संस्थापक पुष्पलाल समेतलाई संशोधनवादी र गद्दार भन्न छोडेनन् । उनीहरू यस्ता शव्द काल माक्र्स र लेनिनले नै सिकाएको हो झैं गरी प्रयोग गर्थे । यसरी टुक्राटुक्रा हुने नियतिबाट मुक्त गरेर एउटा बलियो र सिङ्गो संसदवादी कम्युनिष्ट पार्टी दिएका हुन्– मदन भण्डारीले । उनले यो फड्को किन मारे भन्ने विषय एउटा अलग्गै लेख बन्न सक्छ त्यो पछि लेखौंला ।

अर्को कम्युनिष्ट पार्टी हो– माओवादी । माक्र्सवादी, लेनिनवादी, माओवादी, ब्रेझ्नेभवादी, नौलो जनवादी यस्तै–यस्तै हो कम्युनिष्ट पार्टीहरूको पहिचान । त्यसैले होला यहाँका कम्युनिष्ट नेताहरूलाई पनि आफ्नो नामको वाद चलाउने धोको हुनेरहेछ । प्रचण्डले प्रचण्डपथ घोषणा गरे । उनका अनुयायीहरूले धेरैपल्ट घोके प्रचण्डपथ । तर प्रचण्डले माओवादी नामको पार्टी थाम्न सकेनन्, दाहसंस्कार नै गरिदिए ।

बाठो लड्छ तीन बल्ढ्याङ भनेजस्तो अहिले स्वयम् आफूू नेपालको राजनैतिक पर्दाबाट हराउने अवस्थामा पुगेका छन् प्रचण्ड । राजनीतिक शक्ति र सामथ्र्य गुमाई सकेका माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमजस्ता पात्रलाई जोडेर बनाएको नेपाली कम्युनिष्ट पार्टीले लाज छोपिरहेका छन् । एकपल्ट जनताले दुईतिहाई बराबरको शक्ति दिएको पार्टी र प्रचण्डपथसमेत खनेका प्रचण्ड कहाँ–कहाँ चुके र यो हालत भयो भन्ने कुरामा पाठकहरू आफैँ जानकार हुनुहुन्छ ।

प्रचण्ड लगायतका तिनै नेताहरू यतिखेर बृहत बाम एकताको कुरा गर्दै हिँडेका छन् । त्यति मात्र हैन कांग्रेसबाट भाँडिएका डा. शेखर कोइराला र पूर्णबहादुर खड्का प्रवत्ति सँग पनि सम्पर्क बाक्लो बनाउँदै छन् । अब उनीहरूलाई कम्युनिष्ट सिद्धान्त र दर्शन चाहिएको छैन । देश र जनताका लागि केही गरौँला भन्ने पनि छैन । केवल हिजो आफूले गरेका अनाचार र भ्रष्ट्राचारका कारण हुनसक्ने सजायबाट बचाउन सक्ने शक्ति चाहिएको छ– उनीहरूलाई ।

कम्युनिष्ट भन्ने नाममाथि नेपाली जनताको ठूलो भरोसा थियो । ऐतिहासिक पार्टी नेपाली कांग्रेस बराबर नै एमालेलाई जनमत दिइरहे जनताले । कथित जनयुद्ध गरेको माओवादीलाई त झन् स्पष्ट बहुमत नै दिए । क्षणिक स्वार्थका लागि जोडिएको माओवादी र एमालेलाई त झण्डै दुईतिहाईको वहुमत नै दिए, तर उनीहरूले त्यो जनमतको कदर गर्न सकेनन् । त्यो जनमतको सम्मान मात्र नगरेका हैनन् अपमान नै गरे । 

त्यही समान उद्देश्यका लागि हिजो आमनेसामने पर्न नहुने प्रचण्ड र केपी ओली, अनुहार देख्तै साइत बिग्रिन्छ जस्तो गर्ने केपी ओली र माधवकुमार नेपाल, पार्टीको साधारण सदस्य पनि नपाउने विद्या भण्डारी र नदिने केपी ओली अनि पदीय प्रतिस्पर्धी बन्छ भनेर पाखा लगाइएका वामदेव गौतम एकै ठाउँ बसेको फोटो प्रकाशित गर्दैछन् । र, वाम एकताको खाका कोर्दै नेपाली जनतालाई एकपल्ट फेरि मूर्ख बनाउन सकिन्छ कि भनेर योजना बनाउँदै छन् ।

कम्युनिष्ट भन्ने नाममाथि नेपाली जनताको ठूलो भरोसा थियो । ऐतिहासिक पार्टी नेपाली कांग्रेस बराबर नै एमालेलाई जनमत दिइरहे जनताले । कथित जनयुद्ध गरेको माओवादीलाई त झन् स्पष्ट बहुमत नै दिए । क्षणिक स्वार्थका लागि जोडिएको माओवादी र एमालेलाई त झण्डै दुईतिहाईको वहुमत नै दिए, तर उनीहरूले त्यो जनमतको कदर गर्न सकेनन् ।

त्यो जनमतको सम्मान मात्र नगरेका हैनन् अपमान नै गरे । कहिले संसद विघटन गरेर अपमान गरे । कहिले पार्टी फुटाएर उपहास गरे । कहिले पार्टी भित्रका आलोचक वा समानान्तर नेतालाई पाखा लगाएर तमासा देखाए । अन्त्यमा, नेताहरूको भ्रष्ट्र चरित्र, दम्भ र अहंकारबाट विरक्तिएका कम्युनिष्ट कार्यकर्ताहरू पूँजिवादी चरित्रको नयाँ अनुहारलाई मतदान गर्न वाध्य भए ।

कम्युनिष्ट पार्टी र तिनका नेताहरूमा आत्म समीक्षा, मूल्यांकन वा आत्मालोचना गर्ने चरित्र हुँदैन । गरो भने सानो भइन्छ भन्ने ठान्छन्, उनीहरू । त्यसैकारण होला कम्युनिष्ट पार्टीहरू किन यसरी धराशायी भए भनेर विश्लेषण र पुनरावलोकन गर्ने काम आजसम्म गरेका छैनन् । जनमतको माध्ययमबाट जनताले नराधम ठानेर फ्याकिसके तर पनि उनीहरू आफूलाई पुरुषोत्तम नै ठानिरहेका छन् ।

गतिविधिले के देखिन्छ भने यतिखेर उनीहरूलाई पार्टी चाहिएको हैन । माक्र्स, लेनिन र माओवाद पनि चाहिएको हैन । उनीहरूलाई त केवल यस्तो ढाल चाहिएको छ– जसले हिजो गरेका कुकृत्य वापत हुने दण्डबाट रक्षा गर्न सकोस् । बालेन सरकारले गर्ने छानबिन र कारबाहीबाट बचाउन सकोस् । उनीहरू यतिखेर वामपन्थी एकता मात्र खोजिरहेका छैनन्, दण्डित हुनबाट जोगिन सहयोग पुग्छ भने जोसँग पनि मिल्न, टाँसिन र एकता गर्न तयार छन् ।

त्यसैले कांग्रेसको पुस्तान्तरणबाट पछि परेका र खाइ नपाइ नगुमेका डा. शेखर कोइराला, डा. सशाङ्क कोइराला र पूर्णबहादुर खड्का प्रवृत्तिसँग सम्पर्क बढाइरहेका छन् । कम्युनिष्ट नेताहरूको यो छटपटाहटलाई कसैले ‘लगन पछिको पोते’ भनेका छन् भने कसैले ‘हगिसक्यो दैलो देख्यो’ भन्ने उखानसँग दाँजेर टिप्पणी गरेका छन् ।

कृष्ण अधिकारीका लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

Tags: #विचारकृष्ण अधिकारीटाकुरा विशेष
कृष्ण अधिकारी

कृष्ण अधिकारी

इटहरी निवासी अधिकारी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष हुन् । उनी टाकुरा न्यूजका लागि समसामयिक विषयमा विचार लेख्छन् ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
पर्यावरण

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
खेलकुद

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

साउन २२, २०८३
अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

भदौ ८, २०८३
भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भदौ ८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.