‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक, मनोचिकित्सक तथा एडोल्फ हिटलरको होलोकास्ट (होलोकास्ट) नामक यहुदि नरसंहार अप्रेशनको क्रममा यातना शिविरमा कठोर यातानाका साथ कैदी जीवन बिताएर जीवितै उद्धार भएका व्यक्ति हुन् ।
उनको जन्म सन् २६ मार्च १९०५ मा भियनामा भएको थियो भने मृत्यु सन् २ सेप्टेम्बर १९९७ मा भयो । यो विश्वप्रख्यात पुस्तक उनले सन १९४५ मा नाजी बन्दी शिविरबाट मुक्त भएपछि नौ दिनभित्र लेखेका थिए । तसर्थ यो पुस्तक एउटा दार्शनिक तथा मनोचिकित्सकको नजर र अनुभवमा हिटलरको नाजी बन्दी शिविर र यहुदीको नरसंहार अभियान (होलोकास्ट) को एउटा जीवन्त कथाको साथै लोगोथेरापी (Logotherapy ) जस्तो मनोचिकित्सा पद्धतिको प्रतिपादन, व्याख्या र प्रयोगको संग्रह पनि हो ।
लोगोथेरापि मनोचिकित्सा विधिको प्रणेताको हिसाबले उनलाई आधुनिक मनोविज्ञानको क्षेत्रमा प्रभावशाली विचारक र लेखक मानिन्छ ।
सन्, १९४२ मा फ्राङ्कल उनका आमाबुवा, पत्नी र भाइसमेतलाई नाजीहरूले यहुदि भएकै कारण पक्राउ गरी नाजी बन्दी शिविरमा कैद गरेका थिए । नाजीहरूले बन्दी शिविरमा राखेका बन्दीहरूलाई कठोर यातना दिन्थे । भोकभोकै राख्थे । कठोर श्रममा लगाउँथे । धेरैलाई ग्यास च्याम्बरमा लगेर मारिन्थे । दोस्रो विश्वयुद्धको अवधिभित्र नाजी बन्दी शिविर र होलोकास्ट अभियानअन्तर्गत करिब साठी लाख यहुदिसहित कुल एक करोड चालिस लाखको हाराहारीमा नाजीहरूले नरसंहार गरेका थिए ।
- नाजी बन्दी शिविरका अनुभवहरू र जीवनको अर्थ र औचित्यको बारेमा आफ्ना विचारहरू लेख्ने क्रममा अर्थको खोजीमा मानिस नामक यो विश्वप्रसिद्ध साहित्य लेखिन पुग्यो। कुनै दोष विना यहुदि भएकै कारण उनलाई यातना शिविरमा लगियो । उनको स्वतन्त्रतामाथि बन्देज गरियो । डाक्टरको कामसमेत गर्न दिइएन । यस्तो कठोर यातना र अनुभवले उनलाई एउटा गहिरो र झन कठोर निष्कर्षमा पुर्यायो। मानिसका सबै कुराहरू खोस्न सकिन्छ, तर जस्तोसुकै परिस्थितिमा पनि आफ्नो विचार वा दृष्टिकोणको छनौट गर्ने स्वतन्त्रता भने खोस्न सकिदैन ।
जहाँ फ्राङ्कल पनि एउटा कैदीको रुपमा रहेका थिए । उनका आमाबुबा, पत्नी र भाइलाई शिविरमै मारियो । उनी भने कठोर यातना खेप्दै बिरामी र कुपोषित अवस्थामा बाँचिरहेका थिए।
जब सन्, १९४५ मा नाजिवादी कुख्यात तानाशाह हिटलरको पराजय शुरु भयो र मित्र राष्ट्रका सेनाहरू (जर्मन विरोधी गठबन्धन) ले नाजिका यातना शिविरहरू कब्जा गर्ने र कैदीहरूलाई मुक्त गर्ने क्रममा अप्रिल, १९४५ मा फ्राङ्कल पनि मुक्त भए । युद्धमा सम्पतिसँगै आमाबुबा, पत्नी र भाई गुमाएर ठूलो पारिवारिक पीडाका साथ भियना फर्किए ।
पुनःचिकित्सा पेशालाई निरन्तरता दिदैँ नाजी बन्दी शिविरका अनुभवहरू र जीवनको अर्थ र औचित्यको बारेमा आफ्ना विचारहरू लेख्ने क्रममा अर्थको खोजीमा मानिस नामक यो विश्वप्रसिद्ध साहित्य लेखिन पुग्यो ।
कुनै दोष विना यहुदि भएकै कारण उनलाई यातना शिविरमा लगियो । उनको स्वतन्त्रतामाथि बन्देज गरियो । डाक्टरको कामसमेत गर्न दिइएन । यस्तो कठोर यातना र अनुभवले उनलाई एउटा गहिरो र झन कठोर निष्कर्षमा पुर्यायो।
मानिसका सबै कुराहरू खोस्न सकिन्छ, तर जस्तोसुकै परिस्थितिमा पनि आफ्नो विचार वा दृष्टिकोणको छनौट गर्ने स्वतन्त्रता भने खोस्न सकिदैन ।
यो पुस्तक दुई भागमा लेखिएको छ।
पहिलो भागः बन्दी शिविरमा भोगिएका अनुभव (Experience in a Concentration Camp)
यस भागमा लेखकले नाजी बन्दी शिविरमा भोगेका अनुभवहरू वर्णन गरेका छन् । अत्यन्तै पीडादायी र हृदयविदारक घटनाहरू र अनुभूतिको वर्णन गर्नुको साथै यस्तो चरम पीडामा पनि मनिसले जीवनको अर्थ कसरी खोज्न सक्छ ? र सकिन्छ ? भन्ने प्रेरणदायी र मनोवैज्ञानिक दृष्टिकोण व्यक्त गरेका छन् । सन्, १९४२ मा जब फ्राङ्कल र उनका आमाबुबा, पत्नी र भाइलाई नाजीहरूले पक्राउ गरेर रेलमा कोच्दै बन्दी शिविरमा पुर्याए । जहाँ महिला र पुरुषलाई बेग्लै राखिन्थ्यो ।
सफलताको पछि हैन, अर्थपूर्ण जीवनको पछि दौडनु होस्, सफलता आफैँ पछ्याएर आउँदछ । उद्देश्य नै जीवनको ऊर्जा र उत्साह हो । स्वतन्त्रतालाई जिम्मेवारीले सन्तुलनमा राख्नुपर्छ । प्रेमले मानिसलाई बाँच्ने शक्ति प्रदान गर्छजस्ता जीवन्त सन्देशहरू दिएको छ । अझ आजको पुस्तामा सूचना र प्रविधिको विकासले गर्दा प्रतिस्प्रर्धा, बेरोजगारी, तनाव, तुलना, उच्च महत्वकांक्षा तथा भविष्यप्रतिको चिन्ताले धेरै पीडित र प्रभावित छन् । यिनीहरूको लागि अझ यो पुस्तकको सन्देश धेरै महत्वपूर्ण छ । उनीहरूलाई यो पुस्तकले जीवनको अर्थ र उद्देश्य खोज्न जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रेरित गर्दछ ।
परिवारलाई भेट गर्न पनि दिइदैँन थियो । कैदीका निजी समानहरू खोसिन्थ्यो । कपाल मुण्डन गरिन्थ्यो । कैदी नम्बर दिएर उनीहरूको नाम र पहिचानलाई समाप्त गरिन्थ्यो । बन्दी शिविरमा चरम यातना र भोकले कैदीहरू बेहोस हुन्थे । बाँच्ने आशा मरिसकेको हुन्थ्यो । विस्तारै कैदीहरू भावनाहीन बन्दै जान्थे । आफूसँगै बसेको साथीलाई चरम यातना दिएको वा मारेको देख्दा पनि उनीहरूलाई सामान्य घटनाजस्तो हुन थालेको थियो ।
तर फ्राङ्कलले भने भविष्यमा निश्चित उदेश्य बोकेका मानिसहरूमा भने दुःखलाई सहन गर्ने केही क्षमता भएको देखे । उनलाई पनि परिवारको सम्झनाले जस्तो सुकै दुःख पनि सहेर बाँच्न प्रेरित गरेको उल्लेख गरेका छन् ।
यही बीच उनले आफू बाँचेको खण्डमा यी यावत् अनुभव संगालेर एउटा पुस्तक लेख्ने कल्पना गरे । जब युद्ध समाप्त भयो बाँचेकाहरू शिविरबाट मुक्त भए । तर लामो समय असह्य पीडामा गुजार्नु परेकाले उनीहरूमा खासै खुशीको अनुभूति हुन सकेन ।
सामान्य जीवनमा फर्किन लामो समय लाग्यो । यिनै कठोर अनुभव र अनुभूतिबाट उनले लोगोथेरापी नामक मनोचिकित्सकिय सिद्धान्तको विकास गरे ।
दोस्रो भागः लोगोथेरापीको छोटो सार (Logotherapy in a Nutshell)
लोगोथेरापी फ्राङ्कलद्धारा प्रतिपादित अर्थको खोजीमा मानिस भन्ने मान्यतामा आधारित मनोचिकित्सा पद्धति हो । यसको मुख्य सार जब मानिसले आफ्नो दुःखमा पनि कुनै अर्थ वा उद्देश्य भेट्टाउछ, तब उसले जस्तोसुकै कठिन परिस्थितिको पनि सामना र सहन गर्न सक्दछ ।
यसले मानिसको सबैभन्दा ठूलो प्रेरणा सुख वा शक्ति हैन, जीवनको अर्थ खोज्नु हो भन्ने मान्यता राख्दछ । यसले उद्देश्य केन्द्रित मानिस जस्तोसुकै पीडामा पनि मानिसले आफ्नो जीवनको अर्थ देखाउन सक्छ भन्ने सन्देश र प्रेरणा दिन्छ । मानिसले जीवनको अर्थ खोज्नुपर्छ । कठिन परिस्थितिमा पनि त्यसको अर्थ भेटन सकिन्छ ।
- अरूसँग तुलना गरेर दुःखी नहुन सन्देश दिन्छ । दुःख र कठिनाईबाट भाग्ने हैन, त्यसलाई सामना गर्दै अर्थपूर्ण बनाउन प्रेरणा दिन्छ । जीवनको सार्थकता उपलब्धीमा मात्र मापन गर्ने हैन, आफ्नो उद्देश्य, अर्थ ,चरित्र ,व्यवहार र संघर्षमा पनि मापन गर्नुपर्छ भन्ने शिक्षा दिन्छ । मानिसबाट सबै कुरा खोस्न सकिन्छ तर एउटा कुरा खोस्न सकिदैन, जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दृष्टिकोण रोज्ने स्वतन्त्रता यी नै यो पुस्तक र लेखकको विचारको केन्द्रिय सार हो ।
परिवेश बदल्न नसके पनि मानिसहरूले त्यसप्रतिको आफ्नो दृष्टिकोण बदल्न सक्छ । हरेक मानिसहरूले आफ्नो जीवनको अर्थ, काम वा सृजना गरेर आफैँ निर्माण गर्नुपर्छ।
अपरिहार्य दुःखलाई साहसपूर्वक स्वीकार गर्नुपर्छ । प्रेम र अनुभवमार्फत जीवनको अर्थ भेट्न सकिन्छ भन्ने जस्ता उपायहरूसमेत प्रस्तुत गरेका छन् । तसर्थ लोगोथेरापीलो मानिसलाई आशा जगाउने, जिम्मेवारी र उद्देश्य खोज्न प्रेरित गर्ने मनोचिकित्सा विधि मानिन्छ । अर्थात् मानिसलाई बाँच्च्ने साहस खुशीले हैन, जीवनमा अर्थ भेटेपछि मात्र मिल्छ भन्ने ज्ञान प्राप्त हुन्छ ।
दुःखद् आशावादको पक्षमा (The case for a Tragic Optimism)
यो खण्ड लेखकले पुस्तक प्रकाशित भएको निक्कै समयपछि वा सन्, १९८४ मा थपेको परिशिष्ट भाग हो । लेखकले यो भाग इडिथ वाइस्कप जोएल्सनप्रति समर्पित गरेका छन् । जसले सन्, १९५५ देखि अमेरिकामा लोगोथेरापीको क्षेत्रमा ठूलो योगदान पुर्याएकी थिइन् ।
यस भागमा मानिसको जीवनमा जस्तोसुकै ठूलो र बहुसंकट दुःख वा त्रासदी आइपरे पनि मानिसले आशावादी हुन छोड्नु हुँदैन भन्ने सन्देश दिएका छन् । दुःखद् आशावादले सधैँ आशावादी रहनु र नकारात्मक पक्षहरूको सामना गर्दै जीवनको अर्थ खोज्न र सकारात्मक रहन प्रेरणा दिन्छ ।
उनकाअनुसार दुःख र पीडालाई एउटा मानवीय अनुभवको रूपमा स्वीकार गर्नुपर्छ । दोष र कमजोरी तथा आँफूबाट भएका गल्तीहरूलाई स्वीकार र सुधार गर्दै अघि बढ्ने अवसरको रूपमा लिनुपर्छ ।
मृत्युको सत्यता लाइ स्वीकार गर्दै वर्तमानको समयलाई सकेसम्म अर्थपूर्ण बनाउनुपर्छ । यसलाई फ्राङ्कलले दुःखका तीन आयम (Tragic Traid) भनेका छन् ।यस खण्डमा लेखकले मानवीय जीवनमा दुःख, समस्यादेखि मृत्युजस्ता परिघटनाहरू घटद्छन् ।
तर ती कारणहरूले नै जीवन अर्थरहित हुँदैन । जस्तोसुकै जटिल परिस्थितिमा पनि मानिसले आफ्नो जीवनको अर्थ र उद्देश्य भेटाउन सक्दछ । अर्थपूर्ण जीवनमा आफ्नो जिम्मेवारी सर्वाधिक महत्वपूर्ण हुन्छ । परिस्थिति बदल्न नसके पनि आफ्नो दृष्टिकोण बदल्न सकिन्छ । दुःखलाई पनि पाठको रूपमा स्वीकार गर्दै उपलब्धिमा रूपान्तरण गर्न सकिन्छ भन्नेजस्ता महत्वपूर्ण सन्देश दिएका छन् ।
समग्रमा पुस्तकको सार र उपयोगिता
अर्थको खोजले मानिसलाई जस्तोसुकै जटिल र कठिन परिस्थितिको सामना गर्दै बाँच्ने शक्ति प्रदान गर्दछ । मानिसलाई अगाडि बढाउने सबभन्दा ठूलो शक्ति धन, सम्पत्ति र सुख हैन, जीवनको अर्थको खोजी हो । जीवनको उद्देश्य भेटाउनेहरूले नै कठिन परिस्थितिलाई पनि सहन सक्दछ । मानिसले जीवनमा असफलता, रोग, दुःख, पीडा, मृत्युजस्ता बहुसंकटहरूलाई रोक्न सक्दैन ।
तर त्यसप्रति कस्तो दृष्टिकोण राख्ने भन्ने विषयमा अन्तिम निर्णय लिने स्वतन्त्रता राख्दछ । दुःखलाई दुर्भाग्य र अभिसाप ठान्ने, दुःखको कारणले डिप्रेशनमा जाने, आत्मदाह वा आत्माहत्या गर्नेजस्ता नकारात्मक सोच राख्ने आजका धेरै मानिसहरूलाई फ्राङ्कलको यी सन्देशले जीवनको अर्थ खोज्न र साहस, धैर्य र प्रेमकासाथ जीवनयापन गर्ने प्रेरणा दिएको छ ।
सफलताको पछि हैन, अर्थपूर्ण जीवनको पछि दौडनु होस्, सफलता आफैँ पछ्याएर आउँदछ । उद्देश्य नै जीवनको ऊर्जा र उत्साह हो । स्वतन्त्रतालाई जिम्मेवारीले सन्तुलनमा राख्नुपर्छ । प्रेमले मानिसलाई बाँच्ने शक्ति प्रदान गर्छजस्ता जीवन्त सन्देशहरू दिएको छ ।
अझ आजको पुस्तामा सूचना र प्रविधिको विकासले गर्दा प्रतिस्प्रर्धा, बेरोजगारी, तनाव, तुलना, उच्च महत्वकांक्षा तथा भविष्यप्रतिको चिन्ताले धेरै पीडित र प्रभावित छन् । यिनीहरूको लागि अझ यो पुस्तकको सन्देश धेरै महत्वपूर्ण छ । उनीहरूलाई यो पुस्तकले जीवनको अर्थ र उद्देश्य खोज्न जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रेरित गर्दछ ।
अरूसँग तुलना गरेर दुःखी नहुन सन्देश दिन्छ । दुःख र कठिनाईबाट भाग्ने हैन, त्यसलाई सामना गर्दै अर्थपूर्ण बनाउन प्रेरणा दिन्छ । जीवनको सार्थकता उपलब्धीमा मात्र मापन गर्ने हैन, आफ्नो उद्देश्य, अर्थ ,चरित्र ,व्यवहार र संघर्षमा पनि मापन गर्नुपर्छ भन्ने शिक्षा दिन्छ । मानिसबाट सबै कुरा खोस्न सकिन्छ तर एउटा कुरा खोस्न सकिदैन, जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दृष्टिकोण रोज्ने स्वतन्त्रता यी नै यो पुस्तक र लेखकको विचारको केन्द्रिय सार हो ।
अझ नेपाली समाजमा प्रतिभा पलायन हुने, आर्थिक कठिनाई, बेरोजगारी, पारिवारिक जिम्मेवारी र त्यसबाट सृजना हुने मानसिक तनावबाट पछिल्लो पुस्ता तुलनात्मक रूपमा बढी पीडित छ ।
जसलाई गएको एक हप्ताभित्र तीन जना युवाहरूले गरेको आत्मदाहको घटनाले समेत पुष्टि गरेको छ । उनीहरूलाई यो पुस्तकको अध्ययनले जीवनको मूल्य, सफलता र सहज परिस्थितिमा मात्र हैन, कठिन परिस्थितिमा पनि खोज्न सक्ने क्षमताको विकास गर्न सहयोग पुर्याउँदछ।
कठिनाइलाई अर्थपूर्ण बनाउँदै जीवनको उद्देश्यको खोजी गर्ने परिस्थितिले मात्र हैन, आफ्नो दृष्टिकोणले जीवनको गुणस्तर निर्धारण गर्न आम रूपमा प्रेरित गर्दछ ।













Discussion about this post