Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बीपी प्रतिष्ठान क्षेत्रका ८ औषधि पसल सिलबन्दी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २५, २०८३
in समाचार
0
कोरोनाको आशंकामा टेकु अस्पतालबाट भागेर आएका व्यक्ति वीपी प्रतिष्ठानबाट डिस्चार्ज
78
SHARES
Share on FacebookShare on Twitter

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिचौलिया, अनियमितता र आर्थिक चलखेलमुक्त बनाउने अभियानलाई सुनसरी प्रशासनले थप कडा बनाएको छ।

प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १० जना पक्राउ परेपछि त्यसको विरोधमा औषधि व्यवसायी आन्दोलनमा उत्रिएका बेला प्रशासनले बिहीबार प्रतिष्ठान आसपासका आठ वटा मेडिकल पसल सिलबन्दी गरेको छ।

जिल्ला फार्मेसी अधिकृत प्रकाश भण्डारीको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा कानुनी मापदण्ड विपरीत सञ्चालन भएका पसल फेला परेपछि तत्काल सिल गरिएको हो।

अनुगमनमा केही पसलमा सञ्चालक नै अनुपस्थित रहेको, औषधिको खरिद–बिक्रीसम्बन्धी बिल तथा अभिलेख नराखिएको, आवश्यक अनुमति र कागजात नपाइएको तथा कानुनविपरीतका औषधि फेला परेको अनुगमन टोलीले जनाएको छ।

सिल गरिएका पसलमा सायांश मेडिकल हल, चाँदनी फार्मेसी, सबिन मेडिकल हल, वर्षा मेडिकल, स्काट मेडिकल हल, रितिशा फार्मेसी, सुजिता फार्मेसी र मिरियन मेडिकल हल रहेका छन्। सम्बन्धित सञ्चालकलाई आवश्यक कागजातसहित औषधि व्यवस्था विभाग, विराटनगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ।

यसैबीच सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रतिष्ठान सुधार अभियान कुनै पनि दबाबका कारण नरोकिने स्पष्ट पारेका छन्।

उनका अनुसार प्रतिष्ठानलाई बिचौलिया, अनियमितता र अतिक्रमणमुक्त बनाउन प्रशासनिक तथा कानुनी प्रक्रिया एकसाथ अघि बढाइएको छ। प्रतिष्ठानको अतिक्रमित जग्गाको सीमाङ्कन, संरक्षण, करोडौँ रुपैयाँ बक्यौता असुली र बिरामीलाई निजी अस्पताल तथा मेडिकलतर्फ मोड्ने गिरोहविरुद्धको कारबाहीलाई अझ प्रभावकारी बनाइने उनले बताए।

प्रतिष्ठान परिसरबाट बुधबार पक्राउ परेका १० जना बिचौलियामाथि सात दिनको म्याद थप भएको प्रहरीको भनाइ छ।

Tags: #धरान#वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

झापा : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट...

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल
FEATURE BREAKING

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : रसुवाका बाढीपीडितका लागि इटहरीस्थित जनता माध्यमिक विद्यालयले एक लाख ४० हजार ८ सय ९ रुपैयाँ सहयोग गर्ने निर्णय...

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.