विराटनगर : विराटनगर महानगरपालिका–१४ जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल, गोली र गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीबाट खटिएको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोली तथा १४० ग्राम गाँजा बरामद भएको छ।
साथै, उनको साथबाट दुई थान मोबाइल फोनसमेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई बरामद हतियार, गाँजा र अन्य सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



















Discussion about this post