इटहरी : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लीलाराज भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका सदस्यहरूमा मोरङकी शान्ति दाहाल, धनकुटाका रमेशचन्द्र अधिकारी, ताप्लेजुङकी माला पालुङ्वा, उदयपुरकी रेणु पराजुली, झापाका विष्णुप्रसाद पोखरेल झापाकै अर्जुन राजवंशी र सुनसरीका ध्रुव ढकाल नियुक्त भएका छन्।
कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष प्रतिष्ठानका पदेन सदस्य रहने व्यवस्था छ।
प्रदेश सरकारले उक्त ऐनमार्फत प्रदेशभित्र स्थापना भएका वा सञ्चालनमा रहेका आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ। साथै स्वतन्त्र, निष्पक्ष, मर्यादित र नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास तथा प्रवर्द्धन गर्दै सञ्चार क्षेत्रसँग समन्वय कायम गर्ने र पत्रकार तथा सञ्चारकर्मीको व्यावसायिक हित अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रतिष्ठान गठन गरिएको जनाएको छ।




















Discussion about this post