झापा : झापाको मेचीनगर–१५ कालिकामा डिभिजन वन कार्यालयको स्कोरपियो र सिटी सफारी एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।
दुर्घटनापछि घटनास्थलबाट स्कोरपियो लिएर फरार भएका चालकलाई प्रहरीले केही समयपछि पक्राउ गरेको छ।
सोमबार बिहान १०ः४५ बजेतिर काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपियोसँग ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी मेचीनगर–१५ की ४० वर्षीया आरती उराउलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि स्कोरपियो लिएर फरार भएका चालक भद्रपुर–१० का ५४ वर्षीय लीला श्रेष्ठलाई प्रहरीले मेचीनगर–४ बाहुनडाँगीबाट नियन्त्रणमा लिएको छ।
सिटी सफारी चालक भद्रपुर–६ का ४५ वर्षीय गम्भीरप्रसाद बाँतरलाई पनि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
















Discussion about this post