विराटनगर : नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ।
गत शुक्रबार कोलकाताबाट छुटेको रेल सोमबार विराटनगरस्थित भन्सार यार्डमा पुगेको हो।
पहिलो नियमित कार्गो रेलमार्फत मोरङ–सुनसरी औद्योगिक करिडोरको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याइएको छ।
यसअघि सडकमार्ग वा भारतको बथनाहासम्म मात्र रेलबाट सामान ल्याइने व्यवस्था रहेकामा अब सिधै नेपालको भन्सार बिन्दुसम्म रेल आइपुग्न थालेको हो।
यस सेवाले पूर्वी नेपालका उद्योगी–व्यवसायीलाई ढुवानीमा समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ।
विराटनगरसम्म कार्गो रेल नियमित सञ्चालनका लागि यसअघि परीक्षण भए पनि नीतिगत र प्रक्रियागत जटिलताका कारण सेवा रोकिएको थियो।
पछिल्लो समय नेपाल–भारतबीच आवश्यक समन्वय भएपछि कोलकाता–विराटनगर कार्गो रेल सेवा नियमित रूपमा सञ्चालन हुने बाटो खुलेको छ।
















Discussion about this post