इटहरी : मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चोरी–सिकारको आशंकामा वन क्षेत्रमा खोजतलास गर्ने क्रममा रातो प्लास्टिकको बोराभित्र लुकाइराखिएको अवस्थामा एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ फेला पारेको हो।
बरामद गरिएको सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याइएको छ। उक्त हतियार कसले र किन जंगलमा लुकाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले भरुवा बन्दुक चोरी–सिकार वा अन्य आपराधिक गतिविधिमा प्रयोग हुनसक्ने आशंकासहित घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।

















Discussion about this post