इटहरी : केन्द्रमा भएको राजनीतिक सहमतिसँगै सात प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको नयाँ सहमतिले पाँच प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छ भने मधेश र गण्डकी प्रदेशको नेतृत्व भने अन्य दलसँगको परामर्शपछि मात्रै तय हुने भएको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको तीनबुँदे सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले लिनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ।
सहमतिमा मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग छलफल गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप निर्धारण गर्ने उल्लेख गरिएको छ।
यसले ती दुई प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना खुला राखेको छ।
सहमतिअनुसार आगामी दिनमा प्रदेश सरकारको नेतृत्व परिवर्तन, मन्त्रिपरिषद् पुनर्गठन तथा दलहरूबीच नयाँ सत्ता समीकरणको प्रक्रिया अघि बढ्नेछ।















Discussion about this post