धरानका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज धरान २ ठेगाना भएकि ३८ बर्षीया महिलाको मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार उनको आज बिहान ५ बजेर ४५ मिनेटमा निधन भएको हो ।
मृतकलाई हिजो राती ११ बजेर ५० मिनेटमा प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
यो सँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।














Discussion about this post