Friday, August 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या
52
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : आर्थिक कारोबार विस्तारसँगै कोशी प्रदेशमा बैंकिङ कसुरका घटनाले चिन्ताजनक रूप लिन थालेका छन्।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कले प्रदेशमा बैंकिङ कसुर कानुनी मुद्दाको विषय मात्र नभई आर्थिक अनुशासन र व्यावसायिक विश्वासमाथिको चुनौतीका रूपमा उभिएको देखाएको छ।

देशभर दर्ता भएका १२ हजार ९५० बैंकिङ कसुरका मुद्दामध्ये कोशी प्रदेशमा मात्रै १ हजार १५७ वटा मुद्दा दर्ता भएका छन्। यो संख्या उपत्यकाबाहिरका प्रदेशमध्ये तेस्रो धेरै हो। तथ्याङ्कअनुसार मधेश प्रदेशमा १ हजार ७५७ र लुम्बिनी प्रदेशमा १ हजार २१८ मुद्दा दर्ता भएका छन् भने त्यसपछि कोशी प्रदेश रहेको छ।

कोशीपछि बागमती प्रदेश (काठमाडौं उपत्यका बाहेक)मा १ हजार २१, गण्डकीमा ९९४, सुदूरपश्चिममा ४२६ र कर्णालीमा ३५५ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। काठमाडौं उपत्यकामा मात्रै ६ हजार २२ मुद्दा दर्ता भएका छन्।

प्रदेशका औद्योगिक तथा व्यापारिक केन्द्र विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडलगायत क्षेत्रमा बैंकिङ कारोबारको मात्रा बढेसँगै चेक बाउन्स, ऋणसम्बन्धी विवाद र वित्तीय ठगीका घटनासमेत बढिरहेका छन्।

प्रहरीका अनुसार बैंकिङ कसुरअन्तर्गत दर्ता हुने अधिकांश मुद्दा चेक अनादर (चेक बाउन्स)सँग सम्बन्धित छन्।

कारोबारको सुनिश्चितता बिना चेक जारी गर्ने, भुक्तानी हुने पर्याप्त रकम खातामा नराख्ने तथा व्यावसायिक लेनदेनमा चेकको दुरुपयोग गर्ने प्रवृत्तिले अदालत र प्रहरीमा मुद्दाको चाप बढाइरहेको छ।

कानुन व्यवसायीहरूका अनुसार बैंकिङ कसुरका घटनाले आर्थिक क्षति मात्र होइन, व्यवसायीबीचको विश्वास, लगानीको वातावरण र वित्तीय अनुशासनमा पनि प्रत्यक्ष असर पारिरहेको छ।

पछिल्ला वर्षहरूमा बैंकिङ प्रणालीमा पहुँच बढे पनि वित्तीय साक्षरता र कानुनी दायित्वबारे पर्याप्त सचेतना नहुँदा यस्ता मुद्दा बढ्दै गएको उनीहरूको भनाइ छ।

प्रहरीले बैंकिङ कारोबार गर्दा पर्याप्त रकमको सुनिश्चितता गरेर मात्र चेक जारी गर्न, लिखित सम्झौतामा आधारित कारोबार गर्न र शंकास्पद वित्तीय लेनदेनबाट सावधान रहन आग्रह गरेको छ।

Tags: कोसी प्रदेशटाकुरा विशेषबैकिङ कसुर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी घटनामा कांग्रेसको ‘तीन दिने अल्टिमेटम’, माग पूरा नभए आन्दोलनको चेतावनी
FEATURE BREAKING

सुनसरी घटनामा कांग्रेसको ‘तीन दिने अल्टिमेटम’, माग पूरा नभए आन्दोलनको चेतावनी

by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डको घटनामा नेपाली कांग्रेसले तीन दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ। सरकारले पीडित...

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
विविध

७० प्रतिशतबाट चार वर्षमै ९३ प्रतिशतमा पुग्यो मेची भन्सारको लक्ष्य प्राप्ति

by रासस
साउन २२, २०८३
0

झापा : राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा सरकार पुनर्गठनको तयारी, एमाले–नेकपाबीच औपचारिक छलफल

साउन २२, २०८३
कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

साउन २२, २०८३
इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्

कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

साउन २२, २०८३
इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

साउन २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटनामा कांग्रेसको ‘तीन दिने अल्टिमेटम’, माग पूरा नभए आन्दोलनको चेतावनी

सुनसरी घटनामा कांग्रेसको ‘तीन दिने अल्टिमेटम’, माग पूरा नभए आन्दोलनको चेतावनी

साउन २२, २०८३
कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

साउन २२, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

७० प्रतिशतबाट चार वर्षमै ९३ प्रतिशतमा पुग्यो मेची भन्सारको लक्ष्य प्राप्ति

साउन २२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा सरकार पुनर्गठनको तयारी, एमाले–नेकपाबीच औपचारिक छलफल

साउन २२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    602 shares
    Share 241 Tweet 151
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन