Friday, August 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
in FEATURE BREAKING, समाचार
0
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
51
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश सरकार विस्तारमा देखिएको मन्त्रालय भागबन्डाको विवाद केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि टुंगिएको छ।

नयाँ सत्तासमीकरणअनुसार एमालेले पाँच र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चार मन्त्रालय पाउने सहमति भएको हो।

प्रदेशमा दुई दलबीच मन्त्रालयको संख्यामा सहमति जुट्न नसकेपछि भागबन्डाको विषय केन्द्रीय नेतृत्वसम्म पुगेको थियो। एमाले स्रोतका अनुसार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि नेकपालाई चार मन्त्रालय दिन सहमति जुटेको हो।

यसअघि नेकपाले चार मन्त्रालयसँगै एक राज्यमन्त्री माग गर्दै आएको थियो भने एमाले तीन मन्त्रालय र एक राज्यमन्त्री दिन तयार थियो। प्रदेश तहमा पटकपटक छलफल गर्दा पनि सहमति नजुटेपछि शीर्ष नेताबीच छलफल भएको थियो।

मन्त्रालय संख्या टुंगिए पनि कुन मन्त्रालय कसले लिने भन्ने विषय भने अझै बाँकी छ। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफल गरेपछि मन्त्रालयको जिम्मेवारीसहितका विषय टुंगो लाग्ने बताए।

नेकपाले कांग्रेस सरकारबाट बाहिरिएपछि रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय आफ्नो भागमा पार्न चाहेको छ। कांग्रेसले यसअघि भौतिक पूर्वाधारसहित चार मन्त्रालय सम्हालेको थियो।

चार मन्त्रालय पाउने भएपछि नेकपाभित्र पनि आन्तरिक भागबन्डा मिलाइएको छ। पूर्वमाओवादी पक्षले तीन र पूर्वएकीकृत समाजवादी पक्षले एक मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

कोशी प्रदेशसभामा नेकपाका १७ सांसद छन्। तीमध्ये पूर्वमाओवादी पक्षका १३ र पूर्वएकीकृत समाजवादी पक्षका चार सांसद छन्।

दुवै दलले आइतबारसम्म मन्त्रालयको जिम्मेवारी टुंग्याएर सोमबार नयाँ मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन्।

Tags: कोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोलबाट प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव
FEATURE BREAKING

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

मोरङ : म्याद गुज्रिएका ग्यास सिलिन्डरमा नयाँ सिल लगाएर बिक्रीका लागि राखेको भेटिएपछि मोरङको बुढीगंगास्थित रिजालको भान्छा ग्यास उद्योग प्रालिलाई...

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

साउन २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

साउन २९, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1114 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन