झापा : झापाको झापा गाउँपालिकामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी सडकखण्डमा शनिबार साँझ ५ः२० बजेतिर बालुवा बोकेको ना ५ ख ६४९० नम्बरको टिपरले बाटो काट्दै गरेका साइकलयात्री झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशलाई ठक्कर दिएको थियो।
दुर्घटनामा टाउको र खुट्टामा गम्भीर चोट लागेका गणेशलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारकै क्रममा साँझ ६ः२० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिपर चालक झापा गाउँपालिका–३ कामटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post