Saturday, August 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पाँचथरमा सम्बन्ध विच्छेद बढ्दा परिवार विखण्डनको चिन्ता

रासस by रासस
भदौ ६, २०८३
in विविध, समाचार
0
सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर
49
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् ।

पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए ।

सोही आवमा अदालतमा अघिल्ला आव २०८१/०८२ बाट २४६ वटा मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ वटा सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचिमा परेका थिए ।

जसमध्ये १६७ वटा मुद्दा मेलमिलापबाट टुङ्गिएका छन् । मेलमिलाप भएका अधिकांश मुद्दामा सम्बन्ध विच्छेद भएको पाँचथर जिल्ला अदालतका तहसिलदार एवम् सूचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिइन् ।

गत वर्ष सबैभन्दा बढी ७३ वर्षका श्रीमान र ५९ वर्षकी श्रीमतीबीच पनि सम्बन्ध विच्छेद भएको छ भने डेढ वर्षको बच्चा भएका बाबुआमा पनि दाम्पत्य सम्बन्ध टुङ्ग्याउन अदालत आएका छन् ।

अघिल्लो वर्षभन्दा सम्बन्ध विच्छेदका नयाँ दर्ता र कूल मुद्दाको सङ्ख्या र प्रतिशतमा वृद्धि भएको छ । आव २०८१/०८२ मा कूल मुद्दाको ५१ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेकामा गत आव २०८२/०८३मा सो सङ्ख्या पाँच प्रतिशतले बढेर ५६ प्रतिशत पुगेको नेम्बाङले बताइन् ।

वर्षेनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा ठुलो समस्या सिर्जना गर्नेतर्फ सजग हुनुपर्ने सरोकारवालाको भनाइ छ । जिल्ला अदालतका तहसिलदार एवम् सूचना अधिकारी नेम्बाङ सम्बन्ध विच्छेदका एक तिहाइ मुद्दा प्रक्रिया पूरा गर्न मात्रै दर्ता हुने गरेको बताउँछिन् ।

“एक तिहाइ हाराहारी मुद्दामा अर्को विवाह गरिसकेकाले कागजी प्रमाण मिलाउन मात्रै अदालती प्रक्रियामा आएको देखिन्छ”, नेम्बाङले भनिन्, “सम्बन्ध विच्छेदको बढ्दो क्रमप्रति समाजका सबै पक्षले चासो दिनु जरुरी छ ।”

अधिवक्ता जयप्रकाश केरुङ आफूले मुख्य रूपमा बालविवाह, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, मदिरा सेवन गर्ने लत, बेवास्तालगायतका कारण सम्बन्ध विच्छेद हुने गरेको पाइएको बताउँछन् ।

उनका अनुसार बालविवाह गरेका कतिपय दम्पती उमेरले परिपक्व भएपछि एक अर्कासँग बस्न नसक्ने निष्कर्षमा पुग्ने गरेका छन् । यस्तै श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा भएपछि एक्लोपनका कारण अन्य व्यक्तितर्फ आकर्षित हुँदा सम्बन्धमा दरार आउने गरेको भेटिएको र यसमा सामाजिक सञ्जालले मद्दत गरेको अधिवक्ता केरुङको भनाइ छ ।

यस्तै मदिरा सेवनको लतका कारण परिवारले सङ्कट भोग्नु पर्दा सम्बन्ध नटिकेको उनले बताए ।

“मदिरा सेवनले आर्थिक अवस्था कमजोर हुनुका साथै परिवारमा माया प्रेम सकिँदै गएर सम्बन्ध नै समाप्त भएको पनि पाइन्छ”, उनले भने, “बेवास्ताका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको पाइन्छ । समाजलाई परिवार विखण्डनको पीडाबारे बोध गराउन ढिलो भइसकेको छ ।”

केरुङका अनुसार सम्बन्ध विच्छेदले धेरै बालबालिकाको भविष्य अन्धकारमा पारिरहेको छ ।

“हुन त सम्बन्ध विच्छेद भएकामध्ये ९० प्रतिशतभन्दा बढी घटनामा आमाले नै सन्तानको जिम्मेवारी लिने गरेको पाइन्छ । कानुनले पनि बालबालिका सावालक नभइञ्जेलसम्म आमाको साथबाट बञ्चित गर्न नहुने भनेको छ”, केरुङले भने, “तर आमाले अर्को विवाह गरेपछि वा एक्लै भए पनि सिङ्गो परिवार नहुँदा बाल मनोविज्ञानमा गम्भीर चोट लाग्ने गरेको छ ।” सम्बन्ध विच्छेदका लागि आउनेलाई परामर्श दिँदा धुरुधुरु रुने तर सम्बन्ध टिकाउने तयार नहुने गरेको केरुङको भनाइ छ ।

पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद ढुंगाना सम्बन्ध विच्छेदका कारण पहिचानतर्फ केन्द्रित हुन जरुरी रहेको बताउँछन् ।

उनका अनुसार रोजगारीको अभावले सँगै रहन नपाएका दम्पतीको सम्बन्ध टिक्न कठिन पर्ने गरेको छ ।

“सम्बन्ध विच्छेद मनोवैज्ञानिक समस्याका रूपमा आम धारणा बन्दै गएको छ । सचेतनामार्फत परिवार र समाजका लागि त्याग र समर्पण भाव विकास गर्नुपर्छ”, ढुङ्गानाले भने, “अहिले आम मानिसले आफ्नो व्यक्तिगत लाभ हेर्ने, तर परिवार र समाजलाई बेवास्ता गर्ने चलनले पनि सम्बन्ध विच्छेद र परिवारमा विखण्डन भइरहेको छ ।”

क्षणिक आवेगमा परिवार र समाजप्रति नागरिक उत्तरदायी नहुँदा पारिवारिक संरचनामा खलल पुगेको र बालबालिका अभिभावकविहीन हुन थालेको ढुंगानाको भनाइ छ । यस्तै विगतमा जस्तो महिलाले अन्याय नसहँदा पनि सम्बन्ध विच्छेद हुने गरेको उनले बताए ।

Tags: #पाँचथरसम्बन्ध विच्छेद
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

बर्जुताल : प्रकृति र पर्यटनको संगम
भिजिट नेपाल

बर्जुताल : प्रकृति र पर्यटनको संगम

by रासस
भदौ ६, २०८३
0

सुनसरी : बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य,...

कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी
समाचार

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

by टाकुरा न्यूज । इटहरी
भदौ ५, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सोमबार विश्वासको मत लिने भएका छन्। यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापामा जेईबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

भदौ ५, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सामुदायिक वनको काम सहज गराइदिने भन्दै घुस माग्ने अधिकृत अख्तियारको नियन्त्रणमा

भदौ ५, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट सात जना पक्राउ

भदौ ४, २०८३
सडकले जोड्यो बजारसँग, भोजपुरका किसानलाई आलु बेच्न सहज

सडकले जोड्यो बजारसँग, भोजपुरका किसानलाई आलु बेच्न सहज

भदौ ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर

पाँचथरमा सम्बन्ध विच्छेद बढ्दा परिवार विखण्डनको चिन्ता

भदौ ६, २०८३
बर्जुताल : प्रकृति र पर्यटनको संगम

बर्जुताल : प्रकृति र पर्यटनको संगम

भदौ ६, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

भदौ ५, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापामा जेईबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

भदौ ५, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76
  • दमकमा पारिवारिक विवादको दुःखद अन्त्य, श्रीमतीको हत्यापछि श्रीमान मृत भेटिए

    299 shares
    Share 120 Tweet 75

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.