इटहरी : झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित सात जनालाई पक्राउ गरेको छ ।
झापाको हल्दिबारी गाउँपालिका–२ कदमचोकबाट प्रहरीले भद्रपुर नगरपालिका–७ का २८ वर्षीय सुवास राजवंशीलाई १ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगमटोलबाट २३ वर्षीय घनश्याम बस्नेतलाई ५ ग्राम ८६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका–८ बाट प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे–५ का २६ वर्षीय निकेश माझी, इटहरी–८ का २२ वर्षीय युवराज विक, केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापा मेचीनगर नगरपालिका–८ का २१ वर्षीय सन्देश राउत छन् ।
उनीहरूको साथबाट ट्रामाडोल ९४१ क्याप्सुल, डाइसाइक्लोमाइन १ हजार २३० ट्याब्लेट, ब्राउनसुगर ६०० मिलिग्राम, को ३६ प ५५४७ नम्बरको मोटरसाइकल र नगद ५३ हजार २१० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान उपमहानगरपालिका–१६ बाट २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४२८ ट्याब्लेट र ट्रामोल ५४८ ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post