धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना अघि सारेको छ। केही दिनदेखि चलेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रणनीतिक योजना अघि सारेको हाे ।
पार्टीले कोशी प्रदेशलाई आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा विकास गर्दै बहुमत प्राप्त गर्ने लक्ष्य सार्वजनिक गरेको छ। पार्टीको योजनाअनुसार आगामी निर्वाचनमा प्रदेशका विभिन्न क्षेत्रमा प्रभाव विस्तार गर्ने र सरकार निर्माणका लागि आवश्यक जनमत जुटाउने लक्ष्य राखिएको पनि जनाएको छ।
पार्टीले आफ्नो राजनीतिक अभियानलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म विस्तार गर्दै नेतृत्वले सुशासन, जनमुखी सेवा र वैकल्पिक राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।
त्यस्तै मुख्य एजेन्डाको रुपमा पार्टीले आगामी २०८७ सालमा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्यसमेत अघि सारेको उल्लेख छ। यससँगै श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा आफ्नो राजनीतिक उपस्थिति थप बलियो बनाउने तयारी थालेको छ। पहिलो दिनको बैठकमा सुदन राई समूहलाई बैठकको जानकारी नगराई बैठक राखिएपछि सहकार्यको चार महिना नबित्दै पार्टीमा विवाद चुलिएको आँकलन गरिएको थियाे ।
यता पार्टीको बैठक समापन नभई अध्यक्ष हर्क साम्पाङ भने रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा श्रमदानका लागि पुगेका छन् ।












Discussion about this post