Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
in FEATURE BREAKING, समाचार
0
भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

जीवन आचार्य

54
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले प्रदेशमा सञ्चालित विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही अब सह्य नहुने बताएका छन् ।

सोमबार प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पूर्वाधार विकास भौतिक संरचना निर्माण मात्र नभई नागरिकको जीवन सहज बनाउने र अर्थतन्त्रलाई गति दिने माध्यम भएको बताए ।

मन्त्री आचार्यले मन्त्रालयले सामाजिक सञ्जाल र इमेलमार्फत जनताको प्रत्यक्ष सुझाव र गुनासो सुन्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै प्राप्त सुझावहरूलाई आयोजनाको सुधारमा जोडिने बताए ।

उनले पूर्वाधार निर्माणको क्षेत्रमा ढिलासुस्ती एउटा साझा समस्याका रूपमा रहेको स्वीकार गर्दै भने, “आयोजना समयमा सम्पन्न नहुने र पटक–पटक म्याद थपिँदा पनि काम नहुने अवस्था अब सामान्य हुन सक्दैन । हामीले परिणाम निकाल्ने संस्कृतिको विकास गर्नुपर्छ ।”

संखुवासभाका दुई ठूला सडक आयोजनाको ढिलासुस्तीका विषयमा निर्माण व्यवसायी र कार्यालय प्रमुखहरूलाई बोलाएर छलफल गरिएको र प्रतिबद्धताअनुसार काम नभए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए ।

साथै, भोटेकोशी महाविपत्तिबाट पाठ सिक्दै अब बन्ने नयाँ योजना र डीपीआरहरू भूगोललाई मध्यनजर गरेर बनाइने उनको भनाइ थियो ।

सांसदहरूले उठाएका आयोजनाहरूको विषयमा जानकारी दिँदै मन्त्री आचार्यले इनरुवा–रामधुनी १२.७ किलोमिटर सडकको निर्माण कार्य ४८ प्रतिशत सम्पन्न भइसकेको र २०८३ फागुनसम्ममा पुरा गर्ने गरी काम भइरहेको बताए ।

त्यस्तै, हरिनगरा गाउँपालिकाको ३.५ किलोमिटर लामो सडकको बजेट व्यवस्थापन भइसकेको र आगामी ज्येष्ठसम्ममा सम्पन्न गरिने उनले जानकारी दिए ।

इलामको फिक्कल–आरुपोटे–नामसालिङ सडकको डीपीआर तयार भइसकेको र आगामी आर्थिक वर्षको कार्यक्रममा यसलाई समावेश गरिने उनको आश्वासन थियो ।

मन्त्री आचार्यले झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, खोटाङ र धनकुटाका कुल १२१ वटा अधुरा आयोजनाहरूको बजेट सुनिश्चितता गरी निर्माण कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले केही योजनामा बजेटको अभाव रहे पनि त्यसलाई जुटाएर भए पनि पुरा गर्ने पक्षमा मन्त्रालय रहेको बताए ।

बजेट पुनरावलोकन गर्दा कुनै आग्रह वा पूर्वाग्रह नराखी आवश्यकता, प्राथमिकता र प्रतिफललाई केन्द्रमा राखिने उनले स्पष्ट पारे ।

आचार्यले भने, “हाम्रा स्रोत र साधन सीमित छन्, तर सीमित साधनको अधिकतम उपयोग गरी गुणस्तरीय काम र जनताले महसुस गर्ने गरी पूर्वाधार विकास गर्न मन्त्रालयको सम्पूर्ण टिम कटिबद्ध छ ।”

उनले १४ वटै जिल्लालाई समान व्यवहार गरिनेमा सबैलाई ढुक्क हुन आग्रह गरे ।

Tags: कोसी प्रदेशजीवन आचार्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिको ताण्डव (कविता)
FEATURE BREAKING

प्रकृतिको ताण्डव (कविता)

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

आफ्नै सुन्दरताको पर्दा च्यातेर जब तिमी उर्लिन्छौ आफ्नै बाँध नाघेर— आकाशको नीलो मौनता एकाएक चर्किन्छ। हावाले आफ्नै वेग बदल्छ, बादलले...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ
समाचार

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

उदयपुर । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३८ महिनामा ४ हजार ३७६ दशमलव ५८४ किलोग्राम गाँजा बरामद गर्दा ९९ जनालाई...

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा अदालतबाट दोषी ठहर पाँच फरार प्रतिवादी नियन्त्रणमा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन