Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

माधव पोखरेल by माधव पोखरेल
भदौ २२, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै
54
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुरका आठ वटा पालिकामध्ये ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेकोमा पहाडी भएको भेगमा पर्ने ४ गाउँपालिका बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको छ । गाउँबाट नगर क्षेत्रमा बसाइँ सरी आउनेको संख्या बढ्दै गएको हो ।

उदयपुरका पहाडी पालिकाहरूमा खासगरी खेतबारीमा खेतीबाली कम हुने, सिँचाइको असुविधा, पाखोबारी, पहिरोका भय, यातायातको असुविधा भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानीको समस्याका कारणले बसाइँसराइ गर्ने क्रम बढेको हो ।

एकातर्फ पुरुषहरू वैदेशिक रोजगारमा जाने र महिलाहरू छोराछोरी पढाउनका लागि सहर बजारमा तथा सुविधायुक्त ठाउँमा बस्ने क्रम रहेकोले वैदेशिक रोजगारबाट फर्किएपछि गाउँ नजाने र सहर बजारमै जग्गा किनेर घर बनाएर बस्ने गरेकाले गाउँ रित्तिदैँ गएको हो ।

यस विषयमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बसाइँसराइ गरी जानेका कारण जनसंख्या घटेको बताए ।

२०६८ को जनगणनाअनुसार उदयपुरगढीको जनसंख्या ३२ हजार रहेकोमा २०७८ सालको जनगणना अनुसार २८ हजार ५ सय रहेको उनले बताए ।

अध्यक्ष मगरका अनुसार पहाडी क्षेत्रमा उब्जाबाली नहुने, सिँचाइको असुविधा, बाटोको समस्या, पैसा हातमा भएर पनि किनेर खान नपाइने अवस्था छ । स्तरीय शिक्षाको अभाव, बिरामीलाई उपचारको समस्या लगायतका विविध समस्याका कारण उदयपुरगढी गाउँपालिकाबाट बसाइँसराइ गर्नेको संख्या बढेको हो ।

गत आर्थिक वर्ष (२०८२।०८३) मा उदयपुरगढीबाट बसाइँसराइ गरी जानेको संख्या एक सय ४१ घर धुरीका चार सय ५५ जना रहेको र बसाइँ आउनेको संख्या भने ७१ घरधुरीका एक सय ९८ जना रहेको अध्यक्ष मगरले बताए ।

यसैगरी लिम्चुङ्बुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुष्पलाल राईका अनुसार स्थानीय सरकारले बसाई सराई रोक्नका लागि सक्दो प्रयास गरिरहेको छ ।

तर नेपाल सरकारले नीति निर्माण गर्दा नेपालको हिमाली पहाडी क्षेत्रको भूगोल गाउँ घरको अवस्थालाई मध्यनजर गरेर नीति नबनाउँदा बसाई सराईले गाउँ रित्तिदैँ गएको बताए ।

अध्यक्ष राईले बाँदर आतङ्क, यातायातको असुविधा, उब्जा कम हुने लगायतका कारणहरू रहेको र यसलाई रोक्न केन्द्रीय सरकारले पनि भूगोल अनुसार नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । राज्यले दिने सेवा सुविधामा कमी भएपछि र नीति नै जनताका हितमा नभएकोले बसाइँसराइ बढेको बताए ।

लिम्चुङबुङ गाउँपालिकाबाट आ.व. २०८२।०८३ मा एक सय १४ घरका दुई सय ९९ जना बसाइँ सरी गएको र आउनेमा आठ घरधुरीका १५ जना रहेको पालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

यसैगरी, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रबहादुर मगरले कतिपय धेरै दुःख पाएर बसाइँ सरी जाने गरेको बताए । बसाइँसराइ रोक्नका लागि रौतामाई गाउँपालिकाले कस्तो नीति लिएको छ भन्ने जिज्ञासामा अध्यक्ष मगरले ठोस जवाफ दिन सकेनन् ।

रौतामाई गाउँपालिकाको पञ्जीकरण शाखाले दिएको विवरणअनुसार यस पालिकाबाट आ.व. २०८२।०८३ मा एक सय ५४ घरधुरीका चार सय ४९ जना बसाइँ सरी अन्यत्र गएको र ३० घरधुरीका ९५ जना अन्यत्रबाट बसाइँ सरी आएका छन् ।

यस विषयमा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मासँग जिज्ञासा राख्दा शिक्षा स्वास्थ्यका कारण करिब ६० घरपरिवार काडमाण्डौँ बसाइँ सरी गएको बताए । हाल ताप्लीको करिब १४ हजार पाँच सय जनसंख्या र पाँच हजार ६ सय मतदाता संख्या रहेको उनले बताए ।

गाउँपालिकाको पञ्जीकरण शाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८२।०८३ मा बसाइँ सरी जाने घरधुरीको संख्या तीन सय ५६ रहेको र व्यक्तिको सदस्य संख्या एक हजार ८१ छन् । बसाइँ सरी आउने घरधुरी ३९ र व्यक्ति संख्या एक सय एक जना रहेका छन् ।

यसैगरी त्रियुगा नगरपालिकामा बसाइँ सरी आउनेको संख्या ६५९ घरधुरीका दुई हजार १३ जना रहेका छन् भने जानेको संख्या तीन सय २१ घरधुरीका नौ सय ६७ जना रहेको पञ्जीकरण शाखाका शिरोमणि खतिवडाले बताए ।

उदयपुरबाट बसाइँ सरी जानेहरू विराटनगर, काठमाण्डौँ, सुनसरी लगायतका शिक्षा स्वास्थ्य तथा अन्य सेवा सुविधा सम्पन्न जिल्लामा गएका छन् । त्रियुगामा बसाइँ सरी आउनेहरू भने खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरकै विकट पहाडी भेगजस्तै लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी, रौता लगायतका पालिकाहरूबाट आएका छन् ।

कटारी नपामा बाहिरबाट बसाई सरी आउने १सय ६७ घरधुरीका ५सय ३५ परिवार रहेका छन भने बसाई सरेर बाहिर जाने १सय ५४ घरधुरीका ४सय ६७ जना रहेका छन् । कटारीमा पनि खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली जिल्लाबाट बसाई सरी आएको पंजिकरण शाखाले जनाएको छ । बसाईसरी जानेहरु काठमाण्डौ, बिराटनगर लगायतका शहरमा गएका छन् ।

चौदण्डीगढी नपाबाट बसाई सरी जाने १सय ५४ घरधुरीका ४सय४२ जना रहेका छन भने बसाई सरी आउनेहरु २ सय १ घरधुरीका ५सय ७४ जना रहेका छन् । चौदण्डीगढीमा पनि खोटाङ। भोजपुर लगायतका जिल्लाबाट बसाई सरी आउनेहरु रहेका छन् ।

यसैगरी बेलका नगरपालिकामा बसाई सरी आउनेको संख्या २सय ४७ घरधुरीका ६सय ९३ जना रहेका छन भने बेलकाबाट अन्यत्र बसाई सरी जानेको संख्या २सय घरधुरीका ५सय ६० जना रहेका छन् । बेलकामा बढी भोजपुर जिल्लाबाट खोटाङबाट बसाई सरी आएका छन भने जानेमा सुनसरी, मोरङ जिल्लामा बढी रहेका छन्।

जिल्लामा १ हजार ५ सय ९९ घरधुरीका ४ हजार ७ सय २० जना बसाई सरी जानेको संख्या छ भने बसाई सरी आउनेको संख्या १ हजार ४ सय २२ घरधुरीका ४ हजार २ सय ८४ जना रहेको छ । पहाडी ४ गाउँपालिकाबाट बाटो खानेपानी शिक्षा स्वास्थ्य तथा बाँदर आतंकका तथा अन्य असुविधाका कारण बसाई सरी जाने ७ सय ७० घरधुरीका २ हजार २ सय ८४ जना रहेका छन भने शहरी तथा बजार क्षेत्रका ४ नगरपालिकाबाट बसाई सरी जानेको संख्या ८सय २९ घर धुरीका २ हजार ४ सय ६६ जना रहेका छन् ।

पहाडी ४ गाउँपालिकामा बसाई सरी आउने घरधुरी १ सय ४८ का ४सय ९ जना छन भने शहरी तथा बजार क्षेत्रमा बसाई सरी आउने १ हजार २ सय ७४ घरधुरीका ३ हजार ८सय १५ जना रहेका छन् ।

पहाडी गाउँ पालिकाबाट विविध असुविधाका कारण बसाई सरेको देखिन्छ भने शहरी तथा बजार क्षेत्रबाट चाहिँ उच्चस्तरको शिक्षा स्वास्थ्य तथा भौतिक सेवा सुविधा लिन तथा सम्पन्न परिवारहरु सुखभोगका कारण बसाई गर्नेहरु रहेका छन् ।

नगर र गाउँपालिकामा जिल्लामा सबैभन्दा बढी ताप्लीबाट ३ सय ५६ घरका १०८१ जना बसाई सरी गएका छन । नगरपालिकामा त्रियुगा नगरपालिकाबाट ३ सय २१ घरधुरीका ९सय ६७ जना बसाई सरेर अन्यत्र गएको देखिन्छ । जिल्लाको सबैभन्दा सुविधा युक्त मानिएको र सदरमुकाम रहेको नगरपालिकाबाट नै बसाई सरी जानेको संख्या निकै रहेको देखिन्छ ।

नगरपालिका तथा गाउँपालिकाले जनतालाई दिनु पर्ने सेवा सुविधा दिन नसक्दा बाटो घाटोको असुविधा बाँदरको समस्, खानेपानी , शिक्षा, स्वास्थ्य, सिंचाईको असुविधा, उब्जाबाली नहुने पाखोबारी, बाढी, पहिरो लगायतका समस्याले गर्दा मानिस बसाई सराई जान बाधय हुनु परेको लिम्चुङबुङ गाउँपालिकाका समाजसेवी राजकुमार राईले बताए ।

लिम्चुङ्बुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष जनदीप थापा मगरका अनुसार १ नं वडाबाट आर्थिक वर्ष २०८२ । ०८३मा १८ घर परिवारका ६० जना बसार्य सराई गरेर अन्यत्र गएको र पालिकाबाट सेवा सुविधा उपलब्ध गराउादा पनि बस्न नमानेको अवस्था छ । विगतको तुलनामा पालिकाले स्थानीयलाई सेवा सुविधा बढाएको र बैदेशिक रोजगारमा जानेहरु नै बढी सुविधायुक्त ठाउँमा बसाई जाने गरेको उनले बताए ।

सो पालिकाको २ नं वडाबाट ०५७।५८ देखि बसाई सरी जानेक्रम बढेको जानकारी दिदै २ नं वडा सचिव हेमन्त राईले २ नं वडामा पहिले ४ हजार जनसंख्या रहेकोमा अहिले घटेर २ हजार ५ सय मात्र रहेको जानकारी दिंदै २०८२। ०८३मा २६ घरका ७३ जना बसाई सरी गजएको बताए । उनले आ. ब. ०८१।०८२मा २ नं वडाबाट ३१ घरका १०५ जना बसाई सरी अन्यत्र गएको बताए । यसरी बसाई सराई गर्नुको कारणमा सचिव राईले भौगोलिक अवस्था, भौतिक सुविधा नहुनु, पाखो बारी,सिचायृको असुविधा, उब्जाबाली नहुनु, शिक्षा, स्वास्थ्य खानेपानी, सडक यातायात नहुनु आदि कारण रहेको बताए ।

३ नं वडाका सचिव गौतम दाहालले आ।ब २०८२ ।२०८३मा २७ घरका ४५ जना बसाई सरेको बताए । यसरी नै ४ नं वडाबाट ३२ घरका ८८ जना बसाई गएको वडाध्यक्ष छत्र बहादुर राईले बताए । ५ नं वडाबाट ५ घरका २७ जना बसाई सरेर अन्य गएको वडाध्यक्ष कविचन्द्र राईले बताए ।

Tags: #उदयपुरबसाइँसराइ
माधव पोखरेल

माधव पोखरेल

Related Posts

प्रकृतिको ताण्डव (कविता)
FEATURE BREAKING

प्रकृतिको ताण्डव (कविता)

by माधव पोखरेल
भदौ २२, २०८३
0

आफ्नै सुन्दरताको पर्दा च्यातेर जब तिमी उर्लिन्छौ आफ्नै बाँध नाघेर— आकाशको नीलो मौनता एकाएक चर्किन्छ। हावाले आफ्नै वेग बदल्छ, बादलले...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ
FEATURE BREAKING

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

by माधव पोखरेल
भदौ २२, २०८३
0

उदयपुर । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३८ महिनामा ४ हजार ३७६ दशमलव ५८४ किलोग्राम गाँजा बरामद गर्दा ९९ जनालाई...

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा अदालतबाट दोषी ठहर पाँच फरार प्रतिवादी नियन्त्रणमा

भदौ २२, २०८३
भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.