Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विकास निर्माणमा हातेमालो श्रमदान

माधव पोखरेल by माधव पोखरेल
भदौ २५, २०८३
in विविध, समाचार
0
विकास निर्माणमा हातेमालो श्रमदान
51
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले ‘हातेमालो श्रमदान अभियान’ सञ्चालन गर्ने भएको छ ।

वडाध्यक्ष किरण पाण्डेको अगुवाइमा सञ्चालन हुन लागेको अभियान आगामी शनिबार त्रियुगा नगरपालिका–१० स्थित बाबरी क्षेत्रमा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयको यही भदौ २३ गतेको निर्णयानुसार आयोजना गर्न लागिएको उक्त अभियानमा बजार व्यवस्थापन समिति, सम्बन्धित टोल विकास संस्था, टोलवासी, टोल समन्वय समिति तथा त्रियुगा–१० साकेला समितिको सहकार्य रहनेछ ।

अभियानमा वडा क्षेत्रभित्रका सार्वजनिक तथा सामुदायिक महत्वका स्थानमा श्रमदानमार्फत सरसफाइ, व्यवस्थापन तथा आवश्यक सुधारका काम गरिने जनाइएको छ ।

अभियानअन्तर्गत बाबरी क्षेत्रमा रहेका सडक तथा बाटो, कल्भर्ट, सार्वजनिक शौचालय र पिकनिक स्पोट लगायतका स्थानमा सरसफाइ तथा व्यवस्थापन गरिनेछ ।

सार्वजनिक संरचना र स्थललाई व्यवस्थित बनाउँदै स्थानीय समुदायमा आफ्नो गाउँ–ठाउँप्रतिको अपनत्व र जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

पाण्डेका अनुसार विकास निर्माणका काममा स्थानीय नागरिकको प्रत्यक्ष सहभागिता बढाउन श्रमदान अभियानलाई प्राथमिकता दिइएको हो ।

विकास निर्माण सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी नभई नागरिकको समेत साझा दायित्व भएकाले स्थानीयलाई सहभागी गराउँदै सार्वजनिक संरचनाको संरक्षण र सरसफाइमा जोड दिन अभियान प्रभावकारी हुने उनको भनाइ छ ।

पाण्डेकै नेतृत्वमा वडा कार्यालयले स्थानीय समुदाय, टोल विकास संस्था तथा विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै विकासका गतिविधिलाई अघि बढाउँदै आएको बताइएको छ ।

‘हातेमालो श्रमदान अभियान’ पनि स्थानीय सहभागिता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले अघि सारिएको वडा कार्यालयको भनाइ छ । श्रमदान कार्यक्रममा त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न सरोकारवाला तथा आम नागरिकलाई समेत सहभागी हुन वडा कार्यालयले आह्वान गरेको छ ।

सार्वजनिक स्थलको सरसफाइ र व्यवस्थापनमा सबैको सहभागिता भएमा अभियानले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।

अभियानमा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण टोलवासी तथा आम नागरिकलाई आग्रहसमेत गरियो । अभियानमा सहभागी हुने नागरिकका लागि खाजा तथा नास्ताको व्यवस्थासमेत गरिएको वडा कार्यालयले जनाएको छ ।

श्रमदान कार्यक्रम भदौ २७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । बाबरी क्षेत्रमा हुने उक्त अभियानमा स्थानीयको उल्लेख्य सहभागिता जुटाउने लक्ष्य छ ।

Tags: #उदयपुरश्रमदान
माधव पोखरेल

माधव पोखरेल

Related Posts

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

by माधव पोखरेल
भदौ २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ । घरभित्र खेलिरहेका बेला बुधबार साँझ...

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

by माधव पोखरेल
भदौ २५, २०८३
0

२०८३ भदौ २५ गते बिहीवार सोही अनुसार १० सेप्टेम्बर २०२६ । श्रीशाके १९४८ नेपाल संवत् ११४६ गुँलागा दक्षिणायन, वर्षा ऋतु ,...

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन