Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

उदयपुरको कोशी किनाराका बस्तीमा सतर्कता अपनाउन प्रशासनको अनुरोध

माधव पोख्रेल by माधव पोख्रेल
भदौ २८, २०८३
in समाचार
0
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध
49
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको कोशी किनारामा रहेका बस्तीहरु सम्भावित बाढीबाट जोखिममा रहेकोले स्थानीइ प्रशासनले सतर्कता अपनाउन स्थानीय बासिन्दाहरुलाई अनुरोध गरेको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. २ र ४ स्थित हुङ्गा खोलामा पहिरो खसेर नदी थुनिएपछि बनेको ताल (ड्याम) फुट्न सक्ने जोखिम बढेपछि उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बुधबार बिहान करिब ७ बजे हुङ्गा खोलामा ठुलो पहिरो खसेर नदी थुनिएको र करिब एक सय मिटर लामो तथा १५ मिटर गहिरो ताल (ड्याम) बनेको जानकारी प्राप्त भएकोले तटीय क्षेत्रमा सतर्कता गरिएको हो ।

उहाँका अनुसार ड्याम फुटेमा दुधकोशी हुँदै सुनकोशी नदीको बहावसमेत प्रभावित हुन सक्ने भएकाले उदयपुरका विभिन्न नदी तटीय क्षेत्र र बस्तीमा नदीको पानीको सतह अचानक बढ्न सक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका अन्तर्गतका दुधकोशी तथा सुनकोशी नदी आसपासका तटीय क्षेत्रमा जोखिम हुनसक्ने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई माछा मार्ने, पौडी खेल्ने, दाउरा तान्ने तथा अन्य कुनै पनि प्रयोजनका लागि नदी किनारतर्फ नजान अनुरोध गरेको छ ।

प्रहरीले नदी किनारमा रहेका स्थानीय तह, समुदाय तथा आम नागरिकलाई नदीको पानीको सतह र सम्भावित बाढीसम्बन्धी सूचना निरन्तर लिइरहन तथा कुनै असामान्य अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

Tags: साेलुखुम्बुहुङ्गा खाेला
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ
समाचार

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।...

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
FEATURE BREAKING

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

विराटनगर । मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९, बसपार्क छेउका ४५ वर्षीय...

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

भदौ २८, २०८३
इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

भदौ २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३
‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३

लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    346 shares
    Share 138 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    291 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.