इटहरी : इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट प्रहरीले १५.९७ ग्राम ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा बुधबार राति इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ वर्षीय मोहमद अफ्रोज हुसेनलाई खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा उनको साथबाट १५.९७ ग्राम ब्राउनसुगर र नगद १८ हजार १८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद पदार्थ र नगदसहित हुसेनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)










Discussion about this post