इटहरी । सुनसरीको बर्जु गाउँपालिका–३ फारम चोकबाट स्रोत नखुलेको पाँच लाख ३० हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का २८ वर्षीय कृष्ण चौधरी रहेका छन् ।
प्रहरीका अनुसार विराटनगरबाट फारम चोकतर्फ आउँदै गरेको को २० प ११४९ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर राखिएको अवस्थामा नेपाली नगद पाँच लाख ३० हजार रुपैयाँ फेला परेको थियो ।
प्रहरीले चौधरीलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ । उनीमाथि हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी चौधरीलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post