विराटनगर । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा कानून कार्यान्वयनका लागि परिचालित टोलीले खोजतलासका क्रममा असोज ३ गते झापाबाट २ जना र उदयपुरबाट १ जना गरी ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूबाट कुल १८ वर्ष कैद सजाय तथा १ लाख २ हजार २ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको छ।
















Discussion about this post