उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय बेलका नगरपालिकास्थित रामपुर ठोक्सिलाले प्रतिबन्धित लागूऔषधसहित एक थान मोटर साइकल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार२०८३ साल असोज ५ गते साँझ ४ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले सो लागु औषध सहित मोटर साइकल बरामद् गरेकोहो ।
जिल्ला उदयपुर, बेलका नगरपालिका वडा नं ४ लच्कामा प्रहरीले चेकजाँच गर्ने क्रममा रामपुरबाट लालबजार जाँदै गरेको बा ६२ प १८२० नम्बरको मोटरसाइकल प्रहरीलाई देख्नासाथ मोटरसाईकल छाडी भागेका थिए । मोटर साइकल छाडेर मानिस भागेकोले शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको २.७२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, २० ट्याब्लेट नाट्राजेपाम र १५१० क्याप्सुल ट्रामाडोल सहित मोटरसाईकल समेत बरामद गरिएको हो । फरार व्यक्तिहरुको खोजतलास भइरहेको साथै घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
















Discussion about this post