Wednesday, September 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

बाढी र डुबान नियन्त्रणमा सबै संयन्त्र परिचालन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
in FEATURE BREAKING, समाचार
0
भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता
63
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : जल तथा मौसम विज्ञान विभागका मौसमविदहरूले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण मुसलधारे वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद् व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ ।

बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनस्र्थापनाका लागि एकीकृत पूर्वतयारी रणनीति तयार पारेको छ ।

बुधबार महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आपतकालीन बैठकले सम्भावित प्राकृतिक विपद्को सामूहिक रूपमा सामना गर्ने निर्णय गरेको छ । बैठकमा महानगरभित्रका जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार टोलीको परिचालन र विस्थापितहरूको बसोबास व्यवस्थापनबारे गहन छलफल भएको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भने, ‘खोला किनारका जोखिमयुक्त बस्तीमा समयमै सूचना पु¥याउने, उद्धार सामग्री सुरक्षा निकायमार्फत परिचालन गर्ने र विस्थापितहरूलाई तत्काल नजिकका विद्यालय, सामुदायिक भवन तथा मन्दिरमा सुरक्षित आश्रय दिने गरी सबै तयारी पूरा गरिएको छ ।’

उनले सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तैनाथ राखिने समेत बताए ।

महानगर क्षेत्रभित्र बाढी र डुबानबाट प्रभावित हुनसक्ने नागरिकहरूका लागि ४४ भन्दा बढी स्थानमा अस्थायी आश्रयस्थल पहिचान गरिएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उद्धारपछिको बसोबास र राहत व्यवस्थापनमा कुनै समस्या नआउने गरी संरचनाहरू तयारी अवस्थामा राखिएको छ ।

बैठकलाई सम्बोधन गर्दै महानगर प्रमुख कोइरालाले भने, ‘बाढी र डुबानबाट महानगरवासीको जिउधन जोगाउन महानगरपालिका आफ्ना सम्पूर्ण स्रोत, साधन र क्षमता प्रयोग गर्न प्रतिबद्ध छ ।’

उनले विपद्को समयमा सबै वडा, सुरक्षा निकाय र स्थानीयवासीलाई एकजुट भएर पूर्वतयारीमा लाग्न आह्वानसमेत गरे ।

बैठकमा विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिहरूले आफ्नो वडामा रहेका बाढी र डुबानको जोखिमयुक्त क्षेत्रबारे जानकारी गराएका थिए ।

वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का मधुबाबु तिवारी, ८ का वडा सदस्य पवित्रा विश्वकर्मा, ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १६ का उद्धव भुजेल र १९ का श्याम घिमिरेले खोला किनारका बासिन्दालाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा सार्न जोड दिए ।

त्यसैगरी गैरसरकारी संस्था महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विपदका बेला विशेष गरी बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले उनीहरूको विशेष सुरक्षा र हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सुरक्षा निकायका प्रमुखहरू मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारी र नेपाली सेनाका क्याप्टेन कृष्णकुमार कार्कीले विपदको समयमा जनताको जिउधनको रक्षाका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए ।

बैठकमा महानगरस्तरीय राजनीतिक दलका प्रतिनिधि, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Tags: #विराटनगरअविरल वर्षावर्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन
FEATURE BREAKING

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

विराटनगर : मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ...

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३
इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

अशोज ७, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.