Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
in कला साहित्य, समाचार
0
क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : क्यानबेरा, अस्ट्रेलिया: नेपाली गजलका सर्जक, गजलप्रेमी, संगीतकर्मी तथा साहित्य–संगीतप्रेमीहरूको सहभागितामा क्यानबेरामा आयोजना गरिएको ‘गजल मुशायरा–२०२६’ सम्पन्न भएको छ।

मुशायरा परिवारको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा मुशायरा परिवारका संयोजक तथा गजलकार जितेन्द्र मल्लको पहिलो गजलसङ्ग्रह ‘ शाजिक ’ समेत औपचारिक रूपमा लोकार्पण गरिएको छ।

क्यानबेराको गुङ्गाह्लिनस्थित द थकाली लाउन्ज एन्ड बारमा सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका विभिन्न शहर तथा नेपालबाट सहभागी २६ जना गजलकारले आफ्ना गजल वाचन गरेका थिए।

क्यानबेरा, सिड्नी, मेलबर्न, अल्बरी, ब्रिसबेनलगायत शहरबाट आएका सर्जकहरूको सहभागिता रहेको कार्यक्रममा गजल वाचनसँगै रोशन रेग्मी र सुबास लामिछानेको गायन प्रस्तुति पनि रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा रहेको ‘शाजिक’ सारांश पब्लिकेसन द्वारा प्रकाशित गजलसङ्ग्रह हो। संग्रहमा प्रेम, सम्बन्ध, प्रवास, जन्मभूमि, जीवनदर्शन तथा विभिन्न मानवीय अनुभूतिसँग सम्बन्धित गजलहरू समेटिएका छन्।

लामो समयदेखि नेपाली गजल लेखनमा सक्रिय मल्लले विभिन्न समय र अनुभूतिबाट जन्मिएका आफ्ना रचनालाई पहिलोपटक पुस्तकाकार दिँदै ‘शाजिक’ पाठकमाझ ल्याएका हुन्।

क्यानबेराको मुशायरा मञ्चबाट लोकार्पण भएको ‘शाजिक’ अब पाठकमाझ पुगेको छ। मल्लको पहिलो गजलसङ्ग्रहको अर्को लोकार्पण कार्यक्रम नेपालमा समेत आयोजना गरिने भएको छ।

नेपालमा हुने कार्यक्रमको मिति, स्थान तथा पुस्तक प्राप्त गर्न सकिने विवरण आगामी दिनमा सार्वजनिक गरिने मल्लले बताएका छन्।

सन् २०१४ मा सिड्नीबाट सुरु भएको मुशायरा परिवारको गजल यात्रा अस्ट्रेलियाका विभिन्न शहर हुँदै क्यानबेरासम्म आइपुगेको हो।

गजललाई केन्द्रमा राखेर सर्जक र श्रोतालाई जोड्दै आएको मुशायरा परिवारले अस्ट्रेलियाबाहेक नेपाल र मलेसियामा समेत कार्यक्रम आयोजना गरिसकेको छ। सन् २०१७ देखि ‘गजल मुशायरा लाइभ’मार्फत डिजिटल माध्यमबाट विभिन्न देशमा रहेका नेपाली गजल सर्जकलाई समेत प्रस्तुत गर्दै आएको छ।

क्यानबेरामा सम्पन्न ‘गजल मुशायरा–२०२६’मा सहभागी गजलकार, गायक तथा संगीतकर्मी, दर्शक–श्रोता, स्वयंसेवक, प्रायोजक, सहयोगी संस्था तथा नेपाली समुदायप्रति मुशायरा परिवारले आभार व्यक्त गरेको छ।

Tags: गजलमुसायरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

बिहीबार काेशीमा एकैदिन १२ सवारी दुर्घटनामा ३० जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा एकैदिन भएका १२ वटा सवारी दुर्घटनामा ३० जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये अधिकांशको...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…
समाचार

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानका एक पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक पुरुषलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय...

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

अशोज ९, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बिहीबार काेशीमा एकैदिन १२ सवारी दुर्घटनामा ३० जना घाइते

अशोज ९, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानका एक पुरुष पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.