इटहरी : संगीतकर्मी भूमा अधिकारीको गीत ‘तिमी बोल्दा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बुधबार इटहरीस्थित कोशी कलेजको सभाहलमा आयोजित कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा कवि मनु मञ्जिल, गायक दुर्गा पराजुली र शास्त्रीय संगीतका गुरु कुशेश्वर राईले गीतले नयाँ पुस्ता, प्रविधि र मानवबीचको सम्बन्धलाई उजागर गरेको बताए । प्रविधिको बढ्दो प्रयोगका बीच मानवीय सम्बन्ध र संवादको विषयलाई गीतले प्रस्तुत गरेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा गायिका गंगा गौतमले गीतका गायिक भूमासँग गीतसंगीत र सिर्जनात्मक प्रक्रियाबारे संवाद गरेकी थिइन् ।
संवादका क्रममा गीतसंगीत र मनमस्तिष्कबाट उत्पन्न हुने सिर्जनाका विविध पक्षबारे चर्चा गरिएको थियो ।
संगीतकार तथा लेखक मोहन तिम्सिनाले गीतको सिर्जनासँग जोडिएको प्रसंग र त्यसको विकासक्रमबारे जानकारी गराएका थिए । उनले गीतसँग सम्बन्धित अहिलेसम्म सार्वजनिक नभएका केही प्रसंगसमेत कार्यक्रममा खुलाएका थिए ।
कार्यक्रममा गायिका अधिकारीले गुरु वन्दनासँगै समतामूलक समाजको सन्देश बोकेको गीत प्रस्तुत गरेका थिए ।
भिडियो
















Discussion about this post