ईलाका प्रहरी कार्यालय इटहरीले अवैध सूर्तीजन्य पदार्थ ओसार पसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।
इटहरीको पश्चिमलाईनबाट जनतावस्तीतर्फ गईरहेको संकास्पद रुपमा गुडिरहेको अवस्थामा रहेको र रोकेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको सूर्तीजन्य पदार्थ सहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा ९ बस्ने २२ बर्षीय पर्वत पौदार र दोलखा मेलुङ १ बस्ने ३६ बर्षीय ज्ञानु कार्की रहेका छन् ।
५० बोरा सूर्तीजन्य पदार्थ फेला पारी, स्कटिङ गर्ने को ५ प ४३९८ न. को मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post