जर्बजस्ती करणी गरी बिषादीसमेत खुवाई ज्यान मार्ने प्रयास गरेर फरार भएका एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथानका बिकास कुमार खाँ रहेका छन् ।
पक्राउ परेका खाँले गत फागुन २२ गते ईटहरी तालतलैया पार्कको जंगलमा एक युवतीलाई जवरजस्ती करणी गरेर बिषादी खुवाई ज्यान मार्ने कोसिस समेत गरेका थिए ।
उनिमाथी परेको उजुरीसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिवार पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद लिई कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post