Sunday, November 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८३
in FEATURE BREAKING, पर्यावरण, समाचार
0
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा
49
SHARES
Share on FacebookShare on Twitter

मोरङ : जलवायु परिवर्तन, सिमसार क्षेत्रको विनाश र मानव अतिक्रमणका कारण सगरमाथा तथा हिमालय पार गरेर नेपाल भित्रिने हिउँदे आगन्तुक (बसाइँसराइ गर्ने) चराहरूको संख्या बर्सेनि घट्दै गएको छ ।

हरेक वर्ष जाडो छल्न साइबेरिया, रुस, मंगोलिया, तिब्बत र मध्य एसियाका विभिन्न भागबाट हजारौं किलोमिटरको दूरी तय गर्दै हिमाल नाघेर नेपालका तालतलैया, नदी र सिमसार क्षेत्रमा आउने चराहरूको संख्यामा गम्भीर गिरावट आएको हो ।

साइबेरियालगायत हजारौं किलोमिटर टाढाबाट हिउँद छल्न नेपालका सिमसार क्षेत्रमा आउने आगन्तुक चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ ।

‘बर्ड कञ्जरभेसन’ नेपालको वार्षिक पानीचरा गणनाले काठमाडौं उपत्यकाको टौदह पोखरी र जगदीशपुर जलाशयजस्ता प्रमुख बासस्थानमा हिउँदे चराको सङ्ख्यामा भारी गिरावट आएको देखाएको हो ।

‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठले प्रत्येक वर्ष जनवरीमा गरिने सर्वेक्षणको तथ्याङ्क प्रस्तुत गर्दै पहिले ४०० देखि ५०० को सङ्ख्यामा हाँसहरू आउने टौदह पोखरीमा अहिले जम्मा १०० देखि १५० हाँस मात्र सीमित भएको बताए ।

‘कुनै समय दसौं हजार पानीचरा आउने जगदीशपुर जलाशयमा अहिले दुई हजारदेखि तीन हजार हाराहारीमा मात्रै हाँसहरू देखिने गरेका छन्,’ उनले भने ।

सिमसार क्षेत्रको विनाश तथा ह्रास, नदी र तालहरूको स्वरूपमा फेरबदल, प्रदूषण, अत्यधिक सिकार, मानवीय हस्तक्षेप र कीटनाशक औषधिको व्यापक प्रयोगले घुमन्ते चराको अस्तित्वमाथि गम्भीर खतरा निम्त्याएको श्रेष्ठले बताए । उनका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएका छन् ।

विशेषगरी खोया हाँस सगरमाथा आसपासको अत्यधिक उचाइबाट उडेर हिमाल पार गर्न सक्ने अनौठो क्षमताका लागि प्रसिद्ध रहेको श्रेष्ठले जानकारी दिए ।

प्रमुख नदी प्रणाली र उपत्यकालाई मुख्य उडान मार्गका रूपमा प्रयोग गर्ने यी चराले कीरा तथा हानिकारक जीवको नियन्त्रण, बीउ फैलावट र पारिस्थितिकीय प्रणालीको सन्तुलन कायम राख्न अहम् भूमिका खेल्ने उनको भनाइ छ ।

श्रेष्ठका अनुसार कोकिल, कोइली, फ्लाइक्याचरलगायत प्रजाति प्रजननका लागि गर्मीयाममा नेपाल आइपुग्छन् भने जाडोयाममा हिउँद छल्न विभिन्न प्रजातिका पानीचरा यहाँ आउँछन् । हिउँदमा नेपाल भित्रिने चरामा रुद्र चखेवा, नाडेउरी हाँस, सुरेउरी हाँस, नकटा, सुनजघे हाँस, लालसिर हाँस र गोन्डरजस्ता हाँसका प्रजाति पर्छन् ।

यस्तै, जलेवा, खोया हाँस, लक्ष्मण सारसलगायतका पानीचरा तथा स्टेप्प इगल, इर्सियन मार्स ह्यारियर, हिमाली बजार्ड र बुटेड इगलजस्ता सिकारी चराहरू पनि जाडोयाममा आउँछन् ।

सिमसार र नदीकिनारहरू कमन स्यान्डपाइपर, कमन स्निप, खैरो टाउके (ल्यापविङ), केन्टिस प्लोवर, कमन ग्रिनस्याङ्क र कालो टाउके (गल) जस्ता जलपक्षी तथा तटवर्ती चराका लागि महत्त्वपूर्ण बासस्थान बनेका छन् । श्रेष्ठका अनुसार बाक्लो बिल भएको (वार्बलर), डस्की वार्बलर, कालो कण्ठे (थ्रस), भित्तेचरा, साइबेरियन (रुबीथ्रोट) र पहेँलो छाती भएको बन्टिङ पनि यहाँ देखिने प्रमुख हिउँदे पाहुना चरा हुन् ।

‘नेपाल केन्द्रीय एसियाली उडान मार्गअन्तर्गत पर्दछ, जसले विभिन्न देशका प्रजनन र हिउँदे बासस्थानलाई जोड्ने महत्त्वपूर्ण मार्गको काम गर्छ,’ श्रेष्ठले भने ।

घुमन्ते चराले अन्तर्राष्ट्रिय सीमा पार गर्ने हुनाले स्थानीय वा राष्ट्रियस्तरको छिटपुट प्रयासबाट मात्र संरक्षण सम्भव नहुने भन्दै उनले उडान मार्गमा पर्ने सम्पूर्ण देशहरूबीच आपसी सहयोग आवश्यक रहेको उल्लेख गरे ।

बर्डलाइफ इन्टरनेसनलले उडान मार्ग संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न काम गर्दै आएको छ भने नेपाल सरकारको सहकार्यमा देशैभर ४२ वटा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र पहिचान गरी स्थापना गर्न योगदान पुर्‍याएको छ ।

केन्द्रीय एसियाली उडान मार्गअन्तर्गत नेपालमा कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गरी तीनवटा प्राथमिकता प्राप्त क्षेत्र रहेका छन् ।

‘बर्ड कञ्जरभेसन’ नेपालले सम्बद्ध सरकारी निकाय र स्थानीय सरोकारवाला निकायका प्रतिनिधिसँगको सहकार्यमा प्रत्येक वर्ष जनवरीमा देशैभरका सिमसार क्षेत्रमा हिउँदे पानीचरा गणना गर्दै आएको छ ।

बिग्रिएका सिमसार क्षेत्रको पुनःस्थापना, प्राकृतिक नदी प्रणालीको जगेर्ना, प्रदूषण तथा सिकार नियन्त्रण, दिगो कृषि अभ्यासको प्रवर्द्धन र समुदायको सहभागिता अभिवृद्धि गर्न सकेमात्र घुमन्ते चराले सुरक्षित बासस्थान पाउन सक्ने श्रेष्ठले जानकारी दिए ।

Tags: चरापर्यावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन
विविध

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८३
0

मोरङ : भान्छामा भएको ग्यास चुहावटबाट सल्किएको आगोले मोरङको रतुवामाई नगरपालिका–९ भौडा टोलकी ३० वर्षीया सुरक्षा भट्टराईको जीवन खोसेको छ...

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार
विविध

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८३
0

पाँचथर : तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।...

सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३
धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३
तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1088 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.