इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक २९ गते साँझ करिब ७ः३० बजे भक्तजनहरू साँझको छठ पूजा सकेर घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















Discussion about this post