विवाह गर्छु भन्दै तालतलैयाको जंगलमा एक युवतीलाई लगेर जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी २ तालतलैया पार्कको जंगलमा २२ बर्षीया युवतीलाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरी बिषादी समेत खुवाई ज्यान मार्ने कोशिस गरेको घटनाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका वडा नं. १ लखनतरी बस्ने बर्ष ३० को बिकास कुमार खाँ रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय ईटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post