Wednesday, November 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

प्रदेश प्रमुखको पर्खाइमा कोशी, संवैधानिक निर्णय रोकिए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८३
in FEATURE BREAKING, समाचार
0
प्रदेश प्रमुखको पर्खाइमा कोशी, संवैधानिक निर्णय रोकिए
50
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त हुँदा सरकारका संवैधानिक कामदेखि राजनीतिक नेतृत्व परिवर्तनको प्रक्रियासम्म प्रभावित भएको छ ।

पाँच वर्षे कार्यकाल पूरा गरेर परशुराम खापुङ पदमुक्त भएको १५ दिन बितिसक्दा पनि संघीय सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन ।

प्रदेश प्रमुख नहुँदा प्रदेश सरकारले अध्यादेश ल्याउने तयारीसमेत अघि बढाउन सकेको छैन । प्रदेशसभाको अधिवेशन नचलेको अवस्थामा तत्काल आवश्यक कानुन निर्माणका लागि अध्यादेशको विकल्प खोजिए पनि त्यसलाई जारी गर्ने संवैधानिक अधिकार प्रदेश प्रमुखमा रहेकाले सरकार अप्ठ्यारोमा परेको छ ।

यसैबीच सत्तारूढ नेकपा एमालेभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिवर्तन गर्ने विषयमा भइरहेको छलफल पनि प्रदेश प्रमुखको रिक्तताले थप अन्योलमा परेको छ ।

मुख्यमन्त्री नियुक्ति र शपथग्रहण गराउने संवैधानिक जिम्मेवारी प्रदेश प्रमुखकै भएकाले नेतृत्व परिवर्तनको निर्णय कार्यान्वयन गर्न पनि नयाँ नियुक्ति कुर्नुपर्ने अवस्था छ ।

एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले प्रदेश प्रमुख नहुँदा सरकारी काम प्रभावित भएको बताएका छन् । उता, राष्ट्रपति कार्यालयले भने नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्को सिफारिस प्राप्त नभएको जनाएको छ ।

संविधानले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म अर्को प्रदेशका प्रमुखलाई समेत जिम्मेवारी दिन सक्ने व्यवस्था गरे पनि त्यसतर्फसमेत प्रक्रिया अघि बढेको छैन । यसले कोशीमा प्रशासनिक कामभन्दा बढी संवैधानिक र राजनीतिक निर्णयको बाटो अवरुद्ध बनाएको छ ।

नेपालको संविधानको धारा १६३ को उपधारा (३) अनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । सोही व्यवस्थाअनुसार खापुङले २०७८ साल कात्तिक २५ गते नियुक्त भएर गत कात्तिक २४ गते पाँच वर्षे कार्यकाल पूरा गरेका हुन् ।

उनी पाँच वर्षको पूरा कार्यकाल बिताउने पहिलो प्रदेश प्रमुखसमेत हुन् ।

Tags: काेशी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास
FEATURE BREAKING

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८३
0

इटहरी : बिरामीको बढ्दो चाप, सीमित जनशक्ति र भौतिक पूर्वाधारको अभावजस्ता चुनौतीबीच अस्पतालले सेवा विस्तार र व्यवस्थापन सुधारका प्रयासलाई तीव्रता...

इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी
FEATURE BREAKING

इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी

by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८३
0

इटहरी : इटहरीका आदिवासी जनजाति समुदायका अगुवाहरूले नगरको दीर्घकालीन विकासका लागि जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा...

मृत्युको डर कि जीवनको उत्सव ? ‘४ ला ४’ ले खोज्दैछ उत्तर

मृत्युको डर कि जीवनको उत्सव ? ‘४ ला ४’ ले खोज्दैछ उत्तर

मंसिर ९, २०८३
सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’

ओलीको दबाबपछि पनि राजीनामा नदिने मनस्थितिमा कोशीका मुख्यमन्त्री कार्की

मंसिर ९, २०८३
कोशीलाई चलचित्र हब बनाउने लक्ष्यसहित धरानमा फिल्म कार्यशाला

कोशीलाई चलचित्र हब बनाउने लक्ष्यसहित धरानमा फिल्म कार्यशाला

मंसिर ९, २०८३
सीमावर्ती जंगलमा हात्तीको मृत्यु

सीमावर्ती जंगलमा हात्तीको मृत्यु

मंसिर ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

मंसिर ९, २०८३
इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी

इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी

मंसिर ९, २०८३
प्रदेश प्रमुखको पर्खाइमा कोशी, संवैधानिक निर्णय रोकिए

प्रदेश प्रमुखको पर्खाइमा कोशी, संवैधानिक निर्णय रोकिए

मंसिर ९, २०८३
मृत्युको डर कि जीवनको उत्सव ? ‘४ ला ४’ ले खोज्दैछ उत्तर

मृत्युको डर कि जीवनको उत्सव ? ‘४ ला ४’ ले खोज्दैछ उत्तर

मंसिर ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1120 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    391 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.