उदयपुर : सामूहिक गिरफ्तारीको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा उदयपुरका पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन् ।
महासंघ उदयपुर शाखाको आयोजनामा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म पत्रकारहरूले सामूहिक गिरफ्तारीको माग गर्दै धर्ना दिएका हुन् ।
सरकारले सञ्चारकर्मीमाथि अनावश्यक पक्राउ तथा धरपकड गर्ने गरेको, सञ्चारगृह अगाडि सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्ने गरेको र पत्रकारमैत्री कानुन निर्माणमा चासो नदेखाएको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन् ।
सरकारको दमन तथा धरपकडविरुद्ध महासंघले घोषणा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै देशभरका जिल्ला शाखाहरूले बुधबार आ–आफ्नो जिल्ला प्रशासन कार्यालय अगाडि सामूहिक गिरफ्तारीको मागसहित धर्ना दिएका छन् ।
















Discussion about this post