धरानमा आज बिहान २ बर्षका बच्चादेखि ८० बर्ष सम्मको व्यक्ति गरी थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा वडा १ का एक जना पुरुष, वडा २ का एक महिला र दुई पुरुष, वडा ७ का एक पुरूष, वडा ९ का एक पुरुष र वडा ११ का दुई पुरुष रहेको धरान उपमहानगरपालिका स्वास्थ महाशाखाका प्रमुख उमेश मेहताले बताएका छन । यस्तै अन्यमा वडा १३ का एक पुरुष, वडा नं १५ का तिन महिला र एक पुरुष, वडा १६ का एक महिला र एक पुरुष, वडा नं १७ का एक पुरुषमा समेत संक्रमण पाइएको छ ।
यसैगरी वडा १८ ठेगाना भएका १६ महिला र १० पुरुष, वडा १९ का एक पुरुष र वडा २० मा एक महिला साथमा वडा नखुलेका दुई महिला र दुई पुरुषमा समेत संक्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । आज कुल २४ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै उपमहानगरमा कोरोना संक्रमितको कुल संख्या ८ सय ९४ पुगेको छ ।














Discussion about this post