धरानमा आज साझ थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
हिजो बिहिबार धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टिनमा स्वाब संकलन गरिएकाहरुमध्ये ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३९ जना पुरुष र ३० जना महिलामा संक्रमण देखिएको छ । त्यसमध्ये वडा नं १ र २ का ४, ४ जनामा संक्रमण देखिएको छ भने वडा नं ७ मा १ जना, वडा नं ८ मा ५ जना, वडा नं ९ र १० मा २, २ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि, वडा नं ११, १२ र १३ मा ३, ३ जनामा संक्रमण देखिएको छ भने वडा नं १२ मा २ जना, वडा नं १५ मा ९ जना, वडा नं १६ मा ५ जना, वडा नं १७ मा १ जना, वडा नं १८ मा २१ जना र वडा नं १९ मा १ जनामा संक्रमण पुष्टि भएको छ । अन्य ५ जनाको पनि रिपोर्ट पोजेटिभ आएपनि वडा खुल्न नसकेको मेहताले जानकारी दिएका छन् । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ९६५ पुगेको पनि छ ।














Discussion about this post