सुनसरीमा १८४ सहित प्रदेश मा थप ४५२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
संक्रमित मध्ये मोरङमा सबैभन्दा बढी २४२ जना छन् । यस्तै, सुनसरीमा १८४ जना, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन् ।
यस्तै, मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैँचामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनबर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ । यस्तै, सुनसरीको धरानमा ८६, इटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा ३, इनरुवा र गढीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ३ जना छन् ।
यसैगरि, झापाको दमक र भद्रपुरमा ३–३, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, खोटाङको साकेलामा १, उदयपुरको चौदण्डीगढीमा १, धनकुटामा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ७५१ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८५५ पुगेको छ ।












Discussion about this post