इटहरी । मोफसलमा पहिलोपटक लोक गीत संगीत क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्यूजिक अवार्डको तयारी गरिएको छ ।
इटहरीमा आगामी फागुन १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगीत, कला, संस्कार र संस्कृतिको सम्बर्धन र प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ सो अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालले बताए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रममा ईभेन्ट संयोजक राजन क्षेत्री र सह–संयोजक बिपिन लिम्बुले अवार्डका बारेमा जानकारी गराए। अवार्डमा उत्कृष्ट नयाँ गायक, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट प्रस्तुति (पुरुषं) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज, उत्कृष्ट संगीत, उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट शब्द लाई अवार्ड प्रदान गरिने बताईएको छ ।
यसैगरी बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत, उत्कृष्ट तामाङ गीत, उत्कृष्ट शेर्पा गीत, उत्कृष्ट मगर गीत, उत्कृष्ट राई गीत, उत्कृष्ट गुरुङ गीत, उत्कृष्ट मैथिली गीत, उत्कृष्ट थारु गीत, उत्कृष्ट राजबंशी गीत, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट भिडियो, उत्कृष्ट दृश्य सम्पादन, उत्कृष्ट भिडियो सम्पादन, उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा र एकजनालाई लाईफटाईम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने छ ।
यसैगरी पुर्वमा रंग पत्रकारिता गरिरहेका एकजना रंगपत्रकारलाई समेत अवार्ड प्रदान गरिने बताईएको छ ।
ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ
इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...














Discussion about this post