Monday, May 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

तिहारको मनोवैज्ञानिक पक्ष र महत्व, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०७७
in विचार
0
तिहारको मनोवैज्ञानिक पक्ष र महत्व, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव
375
SHARES
Share on FacebookShare on Twitter

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ।

कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौँ ।

तर, यो विषम् परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो वर्ष कोरोनाको संक्रमणलाई ध्यान दिदैँ भौतिक दूरी कायर गरेर सुरक्षाका उपायहरु अपनाउँदै जो जहाँ हुनुहुन्छ त्यहीँबाट चाडपर्व मनाउनु नै उत्तम हुन्छ।

चाडपर्वमा शुभकामना तथा आशीर्वादको आदन–प्रदान भौतिक रुपमा भेटघाट हुन नसकेपनि बैकल्पिक रुपमा फोन वा सोसियल मिडियाको प्रयोग गरेर गर्न सकिन्छ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व रहेको हुन्छ। दशैँ तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात, जाती र धर्म सम्प्रदायसँग मात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ। यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ, साथै नेपाली हुनुको गौरब र पहिचान गराउँछ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठूलो महत्व रहेको हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरूपमा स्वस्थ्य हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकरूपमा स्वस्थ्य हुनुपर्दछ । तिहार जस्ता चाडपर्वले मानिसलाई यी चारै आयमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्‍याइरहेको हुन्छ ।

चाडपर्वमा सबैले मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । चाडपर्वमा विशेष रूपमा खाइने खानेकुराले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्‍याउँछ । तिहारको अबसमा दिदीबहिनीले दाजुभाइलाई दिने भाइ मसला पोषिलो र औषधीय गुणले सम्पन्न हुने गर्छ ।

तिहारमा खेलिने देउसीभैलोले एक त सामूहिक भावनको विकास गर्छ भने अर्कोतर्फ गीत संगीतको माध्यमद्वारा मनोरञ्जन समेत प्रदान गरिरहेको हुन्छ ।

मानसिक स्वास्थ्यको लागि मनोरञ्जन महत्वपूर्ण हुन्छ । मनोरञ्जनले पिर, मर्का र तनावबाट छुटकारा मिल्छ । गीतसंगीत मानव जीवनको लागि आवश्यक कुरा हो । विश्वमा मानसिक रोगको उपचारको लागि म्यूजिक थेरापी कै विकास भएको छ ।

सामूदायिक हितको हिसावले देउसी भैलो खेल्ने र त्यसबाट उठेको रकम समाजसेवामा लगाइनु पनि तिहारको राम्रो पक्ष हो ।

तर कोरोनाको कारण यश पटक भने देउसी भैलो खेल्नबाट हामी बन्चित भएका छौ ।

चाडपर्वको बेला एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्दछ ।

चाडपर्वको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ । चाडपर्वकै अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । सम्बन्धलाई गाढा र मजबुद्ध बनाउने भेटघाटले नै हो ।

चेलीहरू बिवाह गरी अर्काको घरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्ध टाढा हुँदै जानसक्ने सम्भावना धेरै हुने हुँदा माइती र चेली बीचको सम्बन्ध गाढा बनाइ राख्न तिहार जस्तो चाडको ठूलो महत्व छ ।

विवाह गरेर टाढाटाढा गएका दिदीबहिनी र दाजुभाइबीचको भेट तिहारको अबसरमा हुने हुँदा सम्बन्धमा पुनर्ताजकी आउने गर्छ । उनीहरुबीच माया प्रेम सद्भाव अझ् झाँगिदै जान्छ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने सेतुको काम पनि चाडपर्वले गर्छ ।

नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने हुनाले बढ्दै गएको ‘जेनेरेशन ग्याप’लाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । यसले आपसी रिस, राग पूर्वाग्रह हटाउँछ । चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । त्यसकारण चाडपर्वको मनोवैज्ञानिनिक प्रभाव बुझ्नु जरुरी छ ।

तिहारमा घर रङ्ग्याउने सरसफाइ गर्ने जस्ता कुराले व्यक्तिलाई सरसफाइ प्रति जागरुक र सचेत पनि बनाइरहेको हुन्छ ।
कोरोनाको कारण अहिलेको अबस्थामा आफ्नो सरसफाइमा ध्यान दिनु त अति आबस्यक छ। चाडपर्वलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई भने हटाउनु आवश्यक छ ।

तिहार बत्ती, रङ्ग र फूलको पर्व हो । जीवन रङ्गहरुको समिश्रण हो । भाइटीकामा लगाइने सप्तरङ्गी टिकाले यहीँ अर्थ दिन्छ । सातवटै रङ्गहरुको अर्थ र विशेषता फरकफरक हुने गर्दछ । रङ्गीबिरङ्गी रङ्गहरुले मान्छेको मनमा सकारात्मक भावना उत्पन्न गराउँछ ।

मानसिक रोगको उपचारमा विश्वमा कलर थेरापीको प्रयोग गर्ने गरिन्छ । उज्यालो, चम्किलो , रंगिन र सुन्दर कुरा नै हामीले जीवनमा रोज्नुपर्छ । यसैमा रमाउने प्रयास गर्नुपर्छ भन्ने सन्देश यसले दिएको हुन्छ । डिप्रेशनले गाजेको अहिलेको अबस्थामा तिहारको झिलिमिलिले ठूलै औषधीको काम गरिरहेको हुन्छ ।

संसारमा गुणको कदर हुन्छ । मानिसलाई मदत पुर्याउने पशुपँक्षीदेखि चौपाय समेतलाई यस पर्वमा पुजिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरूको पूजा गर्नु भनेको उनीहरूको काम र गुणको कदर र सम्मान गर्नु पनि हो ।

संसारका सबै प्राणीहरूले आफ्नो मान , सम्मान र कामको कदर होस भन्ने चाहन्छन् । तिहारको बेला पशुपँक्षीलाई पूज्ने कार्यले पशुपंक्षीको आफ्नो कामको सम्मान र महत्व झल्काउँछ । साथै मानव समाजसँगको सम्बन्ध र सम्पर्क प्रगाढ बनाउन मद्दत मिल्छ ।

यसले ईको सिस्टमलाई समेत सन्तुलित राख्छ । हामीले अरूको कामको कदर र गुणको पूजा गर्नुपर्छ चाहे ती आफूभन्दा साना वा पशुपंक्षी नै किन नहुन् । यो कुराको प्रष्ट सन्देश तिहारले दिन्छ । कसैले आफ्नो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढ्छ । कलह र बिद्रोहको कारण पनि यहि हो ।

तिहारमा धुमधामसाथ लक्ष्मी पूजा गरिन्छ । लक्ष्मीलाई धन धान्य, ऐश्र्वर्य र सम्पन्नताकी प्रतिकको रुपमा पूज्ने गरिन्छ । तिहारमा लक्ष्मी वा पैसाको पूजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नुपर्छ भन्ने हो ।

आफ्नो शरिर आफैँले पूजा गर्ने पर्व म्हः पूजाको मनोवैज्ञानिक रुपमा पनि ठूलो महत्व छ । आफ्नो शरीर भन्दा बहुमुल्य कुरा यो संसारमा अरु केही पनि छैन । शरीर हाम्रो लागि सृष्टिको अनमोल उपहार हो।

शरिरका प्रणालीले काम गरुन्जेलसम्म मात्र हामी जिबित रहने हो । शारिर नै मन्दिर हो। यसलाई स्वस्थ्य राख्नुपर्छ ।

शरीरलाई स्वस्थ्य राख्न तथा आफ्नै दिर्घायूको कामना समेत म्हः पूजामा गरिन्छ । यसले जीवन अमुल्य छ भन्ने बोध गराउछ ।

आत्म सम्मान कमजोर हुँदा मानिसलाई मानसिक असर पुग्न सक्छ । व्यक्तिमा विभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन् । मानसिक स्वास्थ्य सबल राख्न समेत म्हः पूजाले मद्दत पुर्‍याउने गर्छ ।

त्यसै गरि हाम्रो अर्को चाड भनेको प्रकृति र पर्यवरणको पुजा गर्ने चाड हो । यसले प्रकृति र पर्यावरण जोगाउनु पर्छ भन्ने संदेश दिन्छ ।

तसर्थ चाडपर्वको मनोवैज्ञानिक महत्वलाई बुझेर यसलाई सभ्य र भव्यरुपमा मनाउनुपर्छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

Tags: #विचार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नयाँ सरकारका चुनौतीका चाङ
टाकुरा विशेष

नयाँ सरकारका चुनौतीका चाङ

by कृष्ण अधिकारी
चैत्र १९, २०८२
0

मुलुकले परिवर्तनका सात चरण पार गरेको छ । २००७ सालको १०४ वर्षे राणा शासन हटाउने क्रान्तिले प्रथम र सबैभन्दा ठूलो...

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा
टाकुरा विशेष

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

by अर्जुन उप्रेती
फाल्गुन २७, २०८२
0

आठ हजार भन्दा अग्ला हिमालमा मृत्यु चुम्न पुगेका मानिसहरूको प्राण बचाउने र त्यो विकट र विषम अवस्थाबाट हिमाल आरोहीहरूको सकुशल...

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

फाल्गुन १२, २०८२
कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

पुस २६, २०८२

पुराना राजनीतिक दल, विचारधारामा आएको सङ्कट र अबको राजनीतिक निकास

पुस ५, २०८२
14 Peak अब नेपालमै

14 Peak अब नेपालमै

मंसिर २७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

बैशाख २८, २०८३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

बैशाख २८, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    502 shares
    Share 201 Tweet 126
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.