Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

छठको तयारी उत्साहका साथ शुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २, २०७७
in समाचार
0
छठको तयारी उत्साहका साथ शुरु
154
SHARES
Share on FacebookShare on Twitter

धार्मिक एवं लोकआस्थाको पर्वछठको तयारी उत्साहका साथ शुरु भइसकेको छ ।

यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठपर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठपर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या सिर्जना हुने देखिएको छ तर पनि छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल शुरु भइसकेको देखिन्छ ।

यतिखेर ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ । कोरोना सङ्क्रमण जोखिमका कारण कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठपर्व मनाउने तयारीमा जुटेका छन् । यसका साथै छठ मनाउनका लागि आवश्यक पर्ने सरसमानको किनमेलका साथै नयाँ माटाका भाँडाकुँडा र बाँसको टोकरी तथा कोनियाको खरिदारीमा जुटेका देखिन्छ ।

भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलिदेखि शुरु हुने भएको छ । अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने वर्तालुले कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलि बुधबार शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।

पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् । त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा वर्तालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ । भगवान् सूर्यलाई अर्घ अर्पण गर्ने वर्तालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् । त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ ।

त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।

यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ ।
आरोग्यं भास्करदिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय वर्तालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व शुरु गरेका हुन्छन् ।

पर्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही वर्तालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने  सुविधा छ । धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएको छ, “शौनकमुनिले सुतजीसमक्ष पृथ्वीमा थुप्रै मानिस रोगले ग्रस्त, कतिपयलाई सन्तान छैन् यस्ता व्यक्तिका कल्याणका लागि कुनै उपाय छ कि छैन् भनेर जिज्ञासा राख्दा उहाँले प्राचीन कालमा एक दुष्ट क्षत्रीय राजा यक्ष्मा रोगबाट पीडित थिए । एक ब्राम्ह्मणको सल्लाहमा उहाँले सूर्यदेवको विधिवत् रुपमा चार दिनसम्म छठ पर्वको रुपमा पूजापाठ गरेपछि सो रोगबाट मुक्ति पाउनुभयो । त्यसपछि, यो पर्वले विधिवत् रुपमा शुरु भएको विश्वास गरिन्छ ।”

Tags: #धर्मसंस्कृति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.