Monday, May 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

ग्रीन टि पिउनु खतरनाक हुन्छ ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०७७
in विविध, समाचार
0
ग्रीन टि पिउनु खतरनाक हुन्छ ?
512
SHARES
Share on FacebookShare on Twitter

ग्रीन टि को नियमित सेवनले क्यान्सरको संभावनालाई पनि कम गर्छ ।

छालालाई मुलायम र चम्किलो बनाउनदेखि पाचनयन्त्रलाई चुस्त राख्नसम्म ग्रीन टि पिउनुपर्छ भन्ने गरिन्छ । त्यही कारण अहिले ग्रीन टि कल्चर हुर्किएको छ । के त्यसो भए यो एकदमै हानि रहित पेय हो ? के ग्रीन टि पिउनु वास्तवमै लाभदायक छ ? यसै सन्दर्भमा बीबीसी हिन्दी अनलाइनले एक सामाग्री पेश गरेको छ ।

त्यसैको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ ।

जो व्यक्ति केही समय अघिसम्म कित्लीमा पकाएको चिया दुध, चिनी मिसाएर पिउँथे, उनीहरुले स्वास्थ्यको नाममा आफ्नो स्वाद बदलेका छन् । ग्रीन टिको यति धेरै फाइदा हुने कुरा गरेर मानिसले यसलाई अति स्वास्थ्यवर्द्धक मान्न थाले । घरमा चिनी दुधको खपत कम हुन थाल्यो ।

तर, एक भारतिय सेलिब्रेटी पोषणविद रुजुता देवेकरले एक भिडियोमार्फत ग्रीन टि पारखीलाई द्विविधामा पारिदिएकी छिन् ।

करीना कपूर र आलिया भट्ट जसता फिटनेस आइकनलाई स्वस्थ राख्ने रुजुताले एक भिडियोमार्फत भनेकी छिन्, ‘ग्रीन टि भन्दा अदुवायुक्त चिया स्वास्थ्य, एन्टिअक्सिडेन्ट र सुन्दरताको लागि प्रभावकारी हुन्छ ।’

उनले ग्रीन टि भन्दा अदुवा चिया राम्रो हुने भनेकी त छिन्, तर त्यसलाई पुष्टि गर्ने आधार उनीसँग छैन । वा उनले आफ्नो अडानलाई चित्तबुझ्दो ढंगले पुष्टि गरेकी छ्रैनन् । उनको भनाईको आशय के छ भने, ग्रीन टि केवल व्यवसायिक उदेश्यले मात्र ‘राम्रो’ भनिएको छ । यद्यपी उनी आफ्नो निष्कर्षमा पुगेकी छैनन् ।

यदि ग्रीन टिको इतिहास हेर्ने हो भने, यसको इतिहास पाँच हजार पुरानो छ । चीनमा यसको प्रयोग सबैभन्दा पुरानो हो । अहिले पनि चीनमा ग्रीन टि पिउने संस्कृति जीवित छ ।

चिया चाहे जुनसुकै होस् । ब्ल्याक टि होस् वा ग्रीन । यी सबै क्यामेलिया साइनेसिस बुट्यानबाट उत्पादन हुने हो । यो बुट्यान कस्तो वातावरणमा हुर्काइएको छ ? कस्तो हावापानीमा उत्पादन गरिएको छ ? कसरी टिपिएको छ ? कसरी प्रशोधन गरिएको छ ? त्यही आधारमा यसको गुणस्तर निर्धारण हुन्छ ।

के हुन्छ ग्रीन टिमा ?

ग्रीन टिमा पाइने तत्वको कुरा गर्ने हो भने, यसमा १५ प्रतिशत प्रोटिन, ४ प्रतिसत अमिनो एसिड, २६ प्रतिसत फाइबर, ७ प्रतिशत कार्बोहाइड्रेट, ७ प्रतिशत लिपिड, २ प्रतिसत पिगमेन्ट्स, ५ प्रतिसत मिनरल्स, ३० प्रतिशत फेनोलिक कम्पाउन्ड हुन्छ । यति प्रतिशत ड्राइ ग्रीन टिमा हुन्छ ।

यस आंकडालाई हेर्दा यो भन्न सकिदैन कि ग्रीन टि पिउनु हानिकारक छ । किनभने ग्रीन टि सदियौंदेखि स्वस्थ्यवर्द्धक पेयकै रुपमा पिउने गरिएको छ । यसबारे विभिन्न खोज(अनुसन्धान भएका छन् । र, विश्वव्यापी रुपमै ग्रीन टिको महत्व र फाइदाबारे चर्चा(परिचर्चा भएका छन् ।

यद्यपी कतिपय अध्ययनमा ग्रीन टिबाट हुने बेफाइदा पनि पाइएको छ । वेबमेड वेबसाइटका अनुसार ग्रीन टिको प्रयोग त सुरक्षित हुन्छ तर, कतिपय अवस्थामा यसले पेटसँग सम्बन्धित समस्या ल्याएको पनि पाइएको छ । कतिपयले ग्रीन टिकै कारण कलेजो र मिर्गौलामा समस्या भएको बताएका थिए ।

वेबसाइटका अनुसार ग्रीन टिको प्रयोग तब हानिकारक हुन्छ, जब यसलाई अत्याधिक मात्रामा प्रयोग गरिन्छ । र, यसले त्यसकारण हानी गर्छ कि यसमा रहेको कैफिनको मात्रा बढी हुन्छ । ग्रीन टिमा कैफिन तत्व हुन्छ, जसले टाउको दुख्ने, सुत्नमा समस्या हुने, वान्ता हुने, डायरिया हुने समस्या हुन्छ । यो भनेको ग्रीन टि आवश्यक्ताभन्दा बढी मात्रामा सेवन गरिएको अवस्थामा हो । ग्रीन टि अत्याधिक मात्रामा पिउँदा त्यससँगै कैफिनको मात्रा पनि बढ्छ ।

जुन व्यक्तिलाई एनीमियाको समस्या छ, उनीहरुले ग्रीन टि पिएको समयमा खास ध्यान राख्नुपर्छ । यसका साथै जसलाई एक्जाइटी डिसअर्डर छ, ब्लिडिङ डिसअर्डर छ, मुटुको समस्या छ, मधुमेह छ, उनीहरुले सन्तुलित मात्रामा ग्रीन टि पिउनुपर्छ ।

ग्रीन टिमा कैफिन

बीबीसी गुडफूडका अनुसार ग्रीन टिमा कैफिन हुन्छ । हरेक ब्रान्डको ग्रीन टिमा यसको मात्रा अलग अलग हुन्छ । ग्रीन टि पिउनेहरुले के अनुभव गरेका हुन्छन् भने यसलाई पिएपछि इनर्जी लेबल बढ्छ ।

ध्यान केन्द्रित गर्नमा मद्दत मिल्छ । र, मुड बन्छ । तर, सबैलाई यस किसिमको प्रभाव हुन्छ भन्ने छैन । यदी तपाईको शरीर कैफिनका लागि धेरै संवेदनसिल छ भने तपाईले एकदमै सन्तुलित मात्रामा ग्रीन टि पिउनुपर्ने हुन्छ । धेरै ग्रीन टि पिउदा निद्रासम्बन्धी समस्या पनि हुनसक्छ ।

अन्य चियामा जस्तै यसमा पनि टैनिन हुन्छ , टैनिनले शरीरमा आयरन अवशोषणलाई प्रभावित गर्छ । यदी तपाईले आइरनका लागि कुनै खानेकुरा खाइरहनुभएको छ भने ग्रीन टि पिउनु उपयुक्त हुँदैन ।

एउटा अत्याउने कथा

जिम मैकेन्ट्स नामक व्यक्तिको कथा अलि फरक छ । उनले ग्रीन टिको चक्की लिने गर्थे । चक्की यसकारण लिने गर्थे कि, स्वास्थ्य राम्रो होस् ।

तर, पछि स्वास्थ्य परीक्षणमा उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखियो । उनको भनाई अनुसार ग्रीन टिको चक्की सेवनले उनको कलेजोमा असर गरेको थियो । मेडिकल रिपोर्टले त्यही भन्थ्यो ।

भारतका पोषणविद सिमरन भने यो कुरामा सतप्रतिसत असहमत भएको बताउँछिन् । उनी भन्छिन्, ग्रीन टि पिइरहनुभएको छ भने डराउनुपर्ने केही कारण छैन । तर, कसरी ग्रीन टि पिउनुहुन्छ, कति पिउनुहुन्छ भन्ने कुराले त्यसको असर निर्भर गर्ने हो ।’

पोषणविद सिमरनका अनुसार ग्रीन टिको मात्रा, त्यसलाई पिउने विधी र सही समय छनौट गर्न सकिएन भने हानी हुन सक्छ । खाना खानसाथ तुरुन्तै ग्रीन टि नपिउन उनको सल्लाह छ ।

उनले भनेकी छिन्, ‘कति मान्छे के सोच्छन् भने टन्न भात खाएपछि ग्रीन टि पिउँछन्, ताकि शरीरमा वोसो जम्मा नहोस् । तर, त्यसो हुँदैन । खाना खानसाथ ग्रीन टि सेवन गर्दा त्यसले पाचन प्रक्रियामा असर गर्छ ।’ यसका फाइदा, बेफाइदा वा कसरी पिउने भन्ने सन्दर्भमा यसअघि अनलाइनखबरले आवश्यक सामग्री पेश गरिसकेको छ ।

पछिल्लो एक रिसर्चले के चेतावनी दिएको छ भने ग्रीन टिले उच्च रक्तचाप नियन्त्रण गर्ने औषधीको असर कम गर्छ । जापानमा भएको यो रिसर्च अनुसार ग्रीन टिमा पिउदा केही विशेष कोशिका बन्द हुन्छ, जसको मद्दतले बीटा ब्लकर मेडिसिन अवशोषित हुन्छ । यद्यपी अरु थुप्रै अध्ययनले ग्रीन टि लाई अति स्वस्थ्यवर्द्धक पेयको रुपमा परिभाषित गरेको छ ।

ग्रीन टि को फाइदा यसप्रकार पाइएको छ ।

ग्रीन टिको सेवनले जोर्नीको दुखाई कम हुन्छ ।

मुटु रोग, क्यान्सर जस्ता संभावित समस्याबाट टाढा राख्छ ।

तौल नियन्त्रणका लागि ग्रीन टिले प्रभावकारी काम गर्छ ।

यसमा भरपुर मात्रामा एन्टि अक्सिडेन्ट पाइन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।

यसमा रहेको एन्टि अक्सिडेन्टले छालालाई चम्किलो र मुलायम बनाउँछ ।

तर, ग्रीन टि सन्तुलित मात्रामा, सही ढंगले, सही समयमा पिउनुपर्छ ।

Tags: #स्वास्थ्य टिप्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ
FEATURE BREAKING

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

इटहरी : राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा एक महिनामै सार्वजनिक गरेको छ...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 
FEATURE BREAKING

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।...

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३
जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

बैशाख २८, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

झापा : ३ वर्षमा १० हजारले लिए सुरक्षित गर्भपतन सेवा, ६०६ जना २० वर्षमुनिका

बैशाख २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

बैशाख २८, २०८३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

बैशाख २८, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    502 shares
    Share 201 Tweet 126
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.