Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

ग्रीन टि पिउनु खतरनाक हुन्छ ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०७७
in विविध, समाचार
0
ग्रीन टि पिउनु खतरनाक हुन्छ ?
514
SHARES
Share on FacebookShare on Twitter

ग्रीन टि को नियमित सेवनले क्यान्सरको संभावनालाई पनि कम गर्छ ।

छालालाई मुलायम र चम्किलो बनाउनदेखि पाचनयन्त्रलाई चुस्त राख्नसम्म ग्रीन टि पिउनुपर्छ भन्ने गरिन्छ । त्यही कारण अहिले ग्रीन टि कल्चर हुर्किएको छ । के त्यसो भए यो एकदमै हानि रहित पेय हो ? के ग्रीन टि पिउनु वास्तवमै लाभदायक छ ? यसै सन्दर्भमा बीबीसी हिन्दी अनलाइनले एक सामाग्री पेश गरेको छ ।

त्यसैको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ ।

जो व्यक्ति केही समय अघिसम्म कित्लीमा पकाएको चिया दुध, चिनी मिसाएर पिउँथे, उनीहरुले स्वास्थ्यको नाममा आफ्नो स्वाद बदलेका छन् । ग्रीन टिको यति धेरै फाइदा हुने कुरा गरेर मानिसले यसलाई अति स्वास्थ्यवर्द्धक मान्न थाले । घरमा चिनी दुधको खपत कम हुन थाल्यो ।

तर, एक भारतिय सेलिब्रेटी पोषणविद रुजुता देवेकरले एक भिडियोमार्फत ग्रीन टि पारखीलाई द्विविधामा पारिदिएकी छिन् ।

करीना कपूर र आलिया भट्ट जसता फिटनेस आइकनलाई स्वस्थ राख्ने रुजुताले एक भिडियोमार्फत भनेकी छिन्, ‘ग्रीन टि भन्दा अदुवायुक्त चिया स्वास्थ्य, एन्टिअक्सिडेन्ट र सुन्दरताको लागि प्रभावकारी हुन्छ ।’

उनले ग्रीन टि भन्दा अदुवा चिया राम्रो हुने भनेकी त छिन्, तर त्यसलाई पुष्टि गर्ने आधार उनीसँग छैन । वा उनले आफ्नो अडानलाई चित्तबुझ्दो ढंगले पुष्टि गरेकी छ्रैनन् । उनको भनाईको आशय के छ भने, ग्रीन टि केवल व्यवसायिक उदेश्यले मात्र ‘राम्रो’ भनिएको छ । यद्यपी उनी आफ्नो निष्कर्षमा पुगेकी छैनन् ।

यदि ग्रीन टिको इतिहास हेर्ने हो भने, यसको इतिहास पाँच हजार पुरानो छ । चीनमा यसको प्रयोग सबैभन्दा पुरानो हो । अहिले पनि चीनमा ग्रीन टि पिउने संस्कृति जीवित छ ।

चिया चाहे जुनसुकै होस् । ब्ल्याक टि होस् वा ग्रीन । यी सबै क्यामेलिया साइनेसिस बुट्यानबाट उत्पादन हुने हो । यो बुट्यान कस्तो वातावरणमा हुर्काइएको छ ? कस्तो हावापानीमा उत्पादन गरिएको छ ? कसरी टिपिएको छ ? कसरी प्रशोधन गरिएको छ ? त्यही आधारमा यसको गुणस्तर निर्धारण हुन्छ ।

के हुन्छ ग्रीन टिमा ?

ग्रीन टिमा पाइने तत्वको कुरा गर्ने हो भने, यसमा १५ प्रतिशत प्रोटिन, ४ प्रतिसत अमिनो एसिड, २६ प्रतिसत फाइबर, ७ प्रतिशत कार्बोहाइड्रेट, ७ प्रतिशत लिपिड, २ प्रतिसत पिगमेन्ट्स, ५ प्रतिसत मिनरल्स, ३० प्रतिशत फेनोलिक कम्पाउन्ड हुन्छ । यति प्रतिशत ड्राइ ग्रीन टिमा हुन्छ ।

यस आंकडालाई हेर्दा यो भन्न सकिदैन कि ग्रीन टि पिउनु हानिकारक छ । किनभने ग्रीन टि सदियौंदेखि स्वस्थ्यवर्द्धक पेयकै रुपमा पिउने गरिएको छ । यसबारे विभिन्न खोज(अनुसन्धान भएका छन् । र, विश्वव्यापी रुपमै ग्रीन टिको महत्व र फाइदाबारे चर्चा(परिचर्चा भएका छन् ।

यद्यपी कतिपय अध्ययनमा ग्रीन टिबाट हुने बेफाइदा पनि पाइएको छ । वेबमेड वेबसाइटका अनुसार ग्रीन टिको प्रयोग त सुरक्षित हुन्छ तर, कतिपय अवस्थामा यसले पेटसँग सम्बन्धित समस्या ल्याएको पनि पाइएको छ । कतिपयले ग्रीन टिकै कारण कलेजो र मिर्गौलामा समस्या भएको बताएका थिए ।

वेबसाइटका अनुसार ग्रीन टिको प्रयोग तब हानिकारक हुन्छ, जब यसलाई अत्याधिक मात्रामा प्रयोग गरिन्छ । र, यसले त्यसकारण हानी गर्छ कि यसमा रहेको कैफिनको मात्रा बढी हुन्छ । ग्रीन टिमा कैफिन तत्व हुन्छ, जसले टाउको दुख्ने, सुत्नमा समस्या हुने, वान्ता हुने, डायरिया हुने समस्या हुन्छ । यो भनेको ग्रीन टि आवश्यक्ताभन्दा बढी मात्रामा सेवन गरिएको अवस्थामा हो । ग्रीन टि अत्याधिक मात्रामा पिउँदा त्यससँगै कैफिनको मात्रा पनि बढ्छ ।

जुन व्यक्तिलाई एनीमियाको समस्या छ, उनीहरुले ग्रीन टि पिएको समयमा खास ध्यान राख्नुपर्छ । यसका साथै जसलाई एक्जाइटी डिसअर्डर छ, ब्लिडिङ डिसअर्डर छ, मुटुको समस्या छ, मधुमेह छ, उनीहरुले सन्तुलित मात्रामा ग्रीन टि पिउनुपर्छ ।

ग्रीन टिमा कैफिन

बीबीसी गुडफूडका अनुसार ग्रीन टिमा कैफिन हुन्छ । हरेक ब्रान्डको ग्रीन टिमा यसको मात्रा अलग अलग हुन्छ । ग्रीन टि पिउनेहरुले के अनुभव गरेका हुन्छन् भने यसलाई पिएपछि इनर्जी लेबल बढ्छ ।

ध्यान केन्द्रित गर्नमा मद्दत मिल्छ । र, मुड बन्छ । तर, सबैलाई यस किसिमको प्रभाव हुन्छ भन्ने छैन । यदी तपाईको शरीर कैफिनका लागि धेरै संवेदनसिल छ भने तपाईले एकदमै सन्तुलित मात्रामा ग्रीन टि पिउनुपर्ने हुन्छ । धेरै ग्रीन टि पिउदा निद्रासम्बन्धी समस्या पनि हुनसक्छ ।

अन्य चियामा जस्तै यसमा पनि टैनिन हुन्छ , टैनिनले शरीरमा आयरन अवशोषणलाई प्रभावित गर्छ । यदी तपाईले आइरनका लागि कुनै खानेकुरा खाइरहनुभएको छ भने ग्रीन टि पिउनु उपयुक्त हुँदैन ।

एउटा अत्याउने कथा

जिम मैकेन्ट्स नामक व्यक्तिको कथा अलि फरक छ । उनले ग्रीन टिको चक्की लिने गर्थे । चक्की यसकारण लिने गर्थे कि, स्वास्थ्य राम्रो होस् ।

तर, पछि स्वास्थ्य परीक्षणमा उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखियो । उनको भनाई अनुसार ग्रीन टिको चक्की सेवनले उनको कलेजोमा असर गरेको थियो । मेडिकल रिपोर्टले त्यही भन्थ्यो ।

भारतका पोषणविद सिमरन भने यो कुरामा सतप्रतिसत असहमत भएको बताउँछिन् । उनी भन्छिन्, ग्रीन टि पिइरहनुभएको छ भने डराउनुपर्ने केही कारण छैन । तर, कसरी ग्रीन टि पिउनुहुन्छ, कति पिउनुहुन्छ भन्ने कुराले त्यसको असर निर्भर गर्ने हो ।’

पोषणविद सिमरनका अनुसार ग्रीन टिको मात्रा, त्यसलाई पिउने विधी र सही समय छनौट गर्न सकिएन भने हानी हुन सक्छ । खाना खानसाथ तुरुन्तै ग्रीन टि नपिउन उनको सल्लाह छ ।

उनले भनेकी छिन्, ‘कति मान्छे के सोच्छन् भने टन्न भात खाएपछि ग्रीन टि पिउँछन्, ताकि शरीरमा वोसो जम्मा नहोस् । तर, त्यसो हुँदैन । खाना खानसाथ ग्रीन टि सेवन गर्दा त्यसले पाचन प्रक्रियामा असर गर्छ ।’ यसका फाइदा, बेफाइदा वा कसरी पिउने भन्ने सन्दर्भमा यसअघि अनलाइनखबरले आवश्यक सामग्री पेश गरिसकेको छ ।

पछिल्लो एक रिसर्चले के चेतावनी दिएको छ भने ग्रीन टिले उच्च रक्तचाप नियन्त्रण गर्ने औषधीको असर कम गर्छ । जापानमा भएको यो रिसर्च अनुसार ग्रीन टिमा पिउदा केही विशेष कोशिका बन्द हुन्छ, जसको मद्दतले बीटा ब्लकर मेडिसिन अवशोषित हुन्छ । यद्यपी अरु थुप्रै अध्ययनले ग्रीन टि लाई अति स्वस्थ्यवर्द्धक पेयको रुपमा परिभाषित गरेको छ ।

ग्रीन टि को फाइदा यसप्रकार पाइएको छ ।

ग्रीन टिको सेवनले जोर्नीको दुखाई कम हुन्छ ।

मुटु रोग, क्यान्सर जस्ता संभावित समस्याबाट टाढा राख्छ ।

तौल नियन्त्रणका लागि ग्रीन टिले प्रभावकारी काम गर्छ ।

यसमा भरपुर मात्रामा एन्टि अक्सिडेन्ट पाइन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।

यसमा रहेको एन्टि अक्सिडेन्टले छालालाई चम्किलो र मुलायम बनाउँछ ।

तर, ग्रीन टि सन्तुलित मात्रामा, सही ढंगले, सही समयमा पिउनुपर्छ ।

Tags: #स्वास्थ्य टिप्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
FEATURE BREAKING

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन
FEATURE BREAKING

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

by रासस
कार्तिक ३, २०८३
0

भोजपुर : दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ...

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    217 shares
    Share 87 Tweet 54
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.