Tuesday, September 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोरोना बापतको रकम सुनसरीका ६ जना पत्रकारलाई हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २८, २०७७
in समाचार
0
कोरोना बापतको रकम सुनसरीका ६ जना पत्रकारलाई हस्तान्तरण
176
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोरोना लागेका पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरेको थियो ।
उनीहरुमध्ये ३२ जना पत्रकारहरुलाई कोरोना लागेको थियो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार ३२ जनामध्ये हालसम्म सातजना पत्रकारहरुलाई बीमा बापतको रकम उपलब्ध गराईसकिएको छ ।

‘दशैैँ अगाडि नै एकजना पत्रकारलाई एकलाख रुपैँया उपलब्ध गराईएको थियो,’ अधिकरीले भने, ‘आज ६ जना कोरोना पीडित पत्रकारहरुलाई जनही एकलाखका दरले रकम हस्तान्तरण गरिएको हो ।’

उनले पत्रकारहरु पनि व्यवसायिक हुनुपर्ने तर्क गर्दै भने, ‘यो रकमले कुनै फजुल खर्च हुनुभन्दा पनि राम्रो ठाउँमा सदुपयोग होस् र व्यवसायिक हुन सकियोस् भन्ने शुभकामना छ ।’

बाँकी २५ जनाको रकमका लागि बीमा कम्पनीसँग सहकार्य भईरहेको र पुषभित्रमा अन्य पीडित पत्रकारहरुको पनि रकम उपलब्ध गराइने उनको दाबी थियो ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले युनियन सुनसरीले गरेको उक्त कामको मुक्तकण्ठले प्रशंसा गरे ।

‘चाहे फुड बैँक सञ्चालनमा होस् वा पत्रकार बिरामी पर्दा अस्पतालमा छुट गर्नमा होस् हरेक काम ऐतिहाँसिक छ,’ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले भने, ‘यो ऐतिहाँसिक कामका लागि सकारात्मक चर्चा गर्नैपर्छ ।‘

कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका पूर्व अध्यक्ष महेन्द्र काफ्लेले देशैभरीका अन्य संगठनहरुले प्रेस युनियन सुनसरी शाखाले गरेको काम सिक्न आवश्यक रहेको बताए ।

‘देशैभरीका अन्य संगठनहरुले पनि पत्रकारका लागि आवश्यक परेका कुराको काम गर्न जरुरी छ,’ उनले भने, ‘यो कामको अनुशरण सबैले गर्न आवश्यक छ ।’

कोरोना पीडित धरानका पत्रकार केदार बस्नेतले भने प्रेस युनियनले एकलाख रुपैँया हस्तान्तरण गर्नु सराहनीय रहेको बताए ।

उनले युनियनले गरेको गुन तिर्नै नसकिने रहेको भन्दै प्रशंसा गरेका थिए । त्यस्तै, दुहवीका कोरोना पीडित पत्रकार चन्दन रौनियारले भने आँफूले कोरोना बापत पाएको एकलाख रुपैँयाले व्यवसाय सञ्चालन गर्न लागेको बताए ।

उनले भने, ‘पत्रकारितालाई मात्रै पेशा बनाएर बाँच्न कठीन भएकाले यो पाएको रकमले केही व्यवसाय गर्ने तयारी गरिरहेको छु ।”

यसअघि बिराटनगरको नोबेल हस्पिटलसँग प्रेस युनियन सुनसरी शाखाले पत्रकारहरुका लागि बिरामी भएको अवस्थामा कुल लागेको लागतको ५० प्रतिसत छुट गर्ने सम्झौता समेत गरिसेको छ ।

त्यस्तै, यसअघि कोरोना महामारीले मुलुक लकडाउनको अवस्थामा रहेका बेला फुड बैँक समेत सञ्चालन गरेको थियो ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी
FEATURE BREAKING

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेज इटहरी–२०, तरहराले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–१५ आरालाईनमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बिहानको राति करिब १ः०५ बजेतिर...

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.