विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी बेसक्याम्प स्थापना भएको छ ।
मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भए लगतै मिक्लाजुङ १ स्थित आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखेको हो ।
सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ सशस्त्र र नेपाल प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली खटिएको छ । आपतकालीन अवस्थामा परिचालन गर्न मिल्ने गरी थप ‘रिजर्ब फोर्स’ पनि तयारी अवस्थामा छ । दुवै टोलीले विप्लव समूहविरुद्ध संयुक्त रुपमा सर्च अप्रेशन चलाएको छ ।
विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई आफ्नै नियन्त्रणमा राखेर घाँटी रेट्दै गत मंगलबार बिहान विभत्स हत्या गरेको थियो ।














Discussion about this post