Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्थानीय तह सबैभन्दा भ्रष्ट : अख्तियार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १२, २०७७
in समाचार
0
स्थानीय तह सबैभन्दा भ्रष्ट : अख्तियार
191
SHARES
Share on FacebookShare on Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघ, प्रदेश र स्थानीय सरकारमा भइरहेको भ्रष्टाचारका प्रवृत्तिलाई चिरफार गर्दै भ्रष्टाचार रोक्न ७२ वटा सुझाव दिएको छ ।

अख्तियारले आफ्नो ३०औं वार्षिक प्रतिवेदनमार्फत मुलुकमा हुने भ्रष्टाचारका रूपको ‘माइक्रो’ विश्लेषण गर्दै भ्रष्टाचार रोक्न चाल्नुपर्ने कदमबार तीनवटै सरकारलाई सुझाव दिएको हो । अख्तियारले हालै राष्ट्रपतिलाई आफ्नो प्रतिवेदन बुझाउँदै सरकारलाई त्यस्तो सुझाव दिएको हो ।

अख्तियारले राजस्व असुली, सार्वजनिक खरिद प्रक्रिया, शिक्षा, स्वास्थ्य र जनताका प्रत्यक्ष सरोकार रहने सेवाप्रवाहका क्षेत्रमा भ्रष्टाचार हुने गरेको तथ्य औंल्याउँदै त्यस प्रकारका भ्रष्टाचारले आर्थिक विकास, पूर्वाधार निर्माण, सार्वजनिक सेवाप्रवाह, आन्तरिक सुरक्षा प्रणाली र प्राकृतिक स्रोत तथा सम्पदा संरक्षणमा नकारात्मक प्रभाव परेको ठहर गरेको छ ।

भ्रष्टाचारका कारण आर्थिक सामाजिक क्षेत्रमा अस्थिरता र विचलन उत्पन्न गराएको आंैल्याउँदै अख्तियारले समाजले भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई सामाजिक रूपमा निरुत्साहित गर्न नसक्दा समस्या बढेको जनाएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरू जस्तोसुकै तरिकाले भए पनि अर्थोपार्जन गर्न लालायित हुने प्रवृत्ति बढेकाले पनि भ्रष्टाचारले प्रोत्साहन पाइरहेको अख्तियारको ठहर छ ।

आयोगले आयोगमा परेका उजुरीका आधारमा भ्रष्टाचार हुने गरेका निकायको स्पष्ट पहिचानसमेत गरेको छ । जसअनुसार संघीय मामिलाअन्तर्गत स्थानीय तहमा सबैभन्दा बढी ३० प्रतिशत भ्रष्टाचार हुने गरेको अख्तियारको अध्ययनले देखाएको छ । यसैगरी शिक्षा क्षेत्रमा १६.३६ प्रतिशत, भूमि प्रशासन क्षेत्रमा ८.२९ प्रतिशत, वन तथा वातावरण क्षेत्रमा ४.२१ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका क्षेत्रमा ४.०७ प्रतिशत, गृह प्रशासनअन्तर्गत ३.७५ प्रतिशत भ्रष्टाचार हुने गरेको पाइएको छ ।

–महँगो निर्वाचन प्रणालीका कारण भ्रष्टाचारमा वृद्धि
–सदाचार र नैतिक आचरणमा विचलन
–राजस्व चुहावटमा लगातार पुनरावृत्ति
–सार्वजनिक खरिद ऐन उल्लंघन
–उपभोक्ता समितिलाई औपचारिक मात्रै बनाइएको
–जग्गा दर्तासम्बन्धी फाइल र मिसिल नै गायब पार्ने गरिएको
–ठेक्कामा सरकारी अधिकारीको अत्यधिक मिलेमतो
–कृषि अनुदानमा व्यापक अनियमितता हुने गरेको
–बिचौलिया प्रथा हावी हँुदै गएको
–गैरकानुनी सम्पत्तिको शुद्धीकरण गर्ने प्रवृत्ति बढेको

भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा ३.५९, ऊर्जा, जलस्रोत तथा सिँचाइमा २.६७ र अर्थ मन्त्रालय मातहतका निकायमा २.१७ प्रतिशत अनियमितता हुने गरेको अख्तियारले जनाएको छ ।

मन्त्रालयबाट गर्नुपर्ने निर्णयलाई पनि कारबाहीबाट बच्ने उपायस्वरूप गैरकानुनी हुने खालका निर्णयहरू मन्त्रिपरिषद्बाट गराएर उन्मुक्ति लिने प्रवृत्ति नरोकिएकाले भ्रष्टाचार भइरहेको अख्तियारको दाबी छ । त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कडा कानुनी प्रावधान र व्यवस्था गर्नुपर्ने सुझाव अख्तियारले दिएको छ ।

यसैगरी विद्यमान खर्चिलो निर्वाचन प्रणालीका कारण निर्वाचनपश्चात् भ्रष्टाचार र महँगी बढ्ने हुँदा विद्यमान निर्वाचन प्रणालीमा पुनरावलोकन गरी कम खर्चिलो बनाउनुपर्ने अख्तियारको सुझाव छ ।

स्थानीय तहमा सबैभन्दा बढी ३० प्रतिशत भ्रष्टाचार हुने गरेको अख्तियारको अध्ययनले देखाएको छ । यसैगरी शिक्षा क्षेत्रमा १६.३६ प्रतिशत, भूमि प्रशासन क्षेत्रमा ८.२९ प्रतिशत, वन तथा वातावरण क्षेत्रमा ४.२१ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका क्षेत्रमा ४.०७ प्रतिशत, गृह प्रशासनअन्तर्गत ३.७५ प्रतिशत भ्रष्टाचार हुने गरेको पाइएको छ ।

आयोगले अनुचित कार्य सम्बन्धमा अनुसन्धान गर्न नपाएकाले पनि भ्रष्टाचार बढेको निष्कर्ष निकाल्दै अनुचित कार्यबारे छानबिन गर्न पाउने गरी उचित कानुनी प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले सुशासन कायम गर्ने कार्यमा सहयोग पु¥याउने महŒवपूर्ण कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारलाई सुझाएको छ ।

अख्तियारले समाज र सार्वजनिक क्षेत्रमा भइरहेको सदाचार र नैतिक आचरणको विचलनका कारण भ्रष्टाचार बढिरहेको निष्कर्ष निकाल्दै तीनवटै तहमा सदाचार नीति तर्जुमा र कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिएको छ । यसैगरी कर प्रणालीमा सुधार ल्याउन तथा आयात निर्यातको कारोबार पूर्ण रूपमा बंैकिङ प्रणालीमार्फत सञ्चालन गर्न सुझाएको छ ।
गैरसरकारी संस्थाहरूको नाममा प्राप्त हुने ठूलो रकम राष्ट्रिय बजेट प्रणालीमा आबद्ध हुन नसकेको तथा गैरसरकारी संस्थाका नाममा सिर्जना भएका अपारदर्शी र अनुत्तरदायी क्रियाकलापले भ्रष्टाचारलाई बढावा दिएको आयोगले स्पष्ट पारेको छ । अख्तियारले त्यस्तो रकम राष्ट्रिय बजेटमा आबद्ध गराउन सरकारलाई सुझाव दिएको छ । जथाभावी आर्थिक सहायता वितरण गरिएकाले त्यसलाई पूर्ण रूपमा रोक्नसमेत सुझाव दिइएको छ ।

अख्तियारका अनुसार मालपोत, नापी, विद्युत्, यातायात भन्सार, अध्यागमन, वैदेशिक रोजगार, भौतिक पूर्वाधार, सुरक्षा निकाय र स्थानीय तहलगायतका निकायमा एउटै प्रकृतिका भ्रष्टाचारजन्य कार्य दोहोरिने गरेकाले सम्बन्धित निकायबाट रोकथामका लागि प्रभावकारी उपाय सञ्चालन गर्न सुझाव दिइएको छ । सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने गरेकाले त्यस्तो कार्यलाई तत्काल रोक्न सुझाव दिइएको छ ।

विकास निर्माण र आयोजनाका लागि सञ्चालन गरिएका ठेक्का वर्षौंसम्म सम्पन्न गर्न नसक्ने ठेकेदार र जिम्मवार निकायमाथि आवश्यक कारबाही गर्न अख्तियारले सरकारलाई सुझाएको छ ।

राजस्व चुहावटमा लगातार पुनरावृत्ति

आयात निर्यातको कारोबार पूर्ण रूपमा बैंकमार्फत नहुने, कमजोर आर्थिक अवस्था भएको व्यक्तिको नाममा फर्म दर्ता एवं एक्जिम कोर्ड लिई आयात गर्ने, न्यून बीजकीकरण गर्ने, पैठारी गर्ने मालवस्तुको प्रज्ञापनपत्र खोल्दा हार्मोनाइज्ड कोड, नाम, ब्रान्ड, मोडल र मूल्य स्पष्ट नखुलाउने प्रवृत्ति देखिएकाले राजस्व चुहावटमा लगातार पुनरावृत्ति भइरहेकाले त्यसलाई कडाइका साथ रोक्न पनि अख्तियारले सरकारलाई सुझाव दिएको छ ।

राजधानी दैनिकबाट

Tags: #अख्तियार#स्थानीय तह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
समाचार

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.