धरान १२ छिमेकी लाइनस्थित एक महिला आफ्नै घरको कोठाभित्र सिरक ओढेर सुतेको अवस्थामा मृत फेला परेकी छिन् ।
स्थानीय ४२ बर्षीय यशोदा तामाङ आफ्नै घरभित्रको कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।
शनिबार दिउँसोसम्म स्थानीय छिमेकीले हिडडुल गरेको देखे पनि ३ दिनदेखि देखा नपरेको र उनको घरबाट गन्ध पनि आउन थालेपछि प्रहरी र मृतकको एक जना आफन्तसहितको उपस्थितिमा घरको ढोका फोडिएको थियो ।
कोठाभित्र हेर्दा ती महिला सिरक ओढेर सुतिरहेको अवस्थामा थिइन् भने उनको टाउकोको मासु कुकुर र बिरालोले खाइसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
‘शनिबार बेलुकी सिरक ओढेर सुतेको अवस्थामा नै मृत्यु भएको हुनसक्छ । घरमा पालेको कुकुर र बिरालोले केही खान नपाएपछि मृतककै मासु खाएको देखियो,’डिएसपी बस्नेतले भने ।
घटनाबारे आँफूहरुले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



















Discussion about this post