सुनचाँदी व्यवसायी तथा विश्वकर्मा समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर निर्माण गर्न लागिएको संघले जनाएको छ। मन्दिरलाई बहुउद्देश्यीय संरचनाका रूपमा विकास गर्ने योजना रहेको छ। मन्दिरसँगै पार्टी प्यालेससमेत निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
मन्दिर निर्माणका लागि सुनचाँदी व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रमेश रसाइलीले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। उनले धार्मिक तथा सामाजिक क्षेत्रको विकासमा यस्ता संरचनाले महत्त्वपूर्ण योगदान पुर्याउने बताउँदै निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
शिलान्यास समारोहमा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, त्रियुगा नगरपालिका–१३ का वडाध्यक्ष नवीन चौधरीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो। कार्यक्रममा सहभागी वक्ताहरूले मन्दिर निर्माणलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नगरप्रमुख बसन्त कुमार बस्नेतले मन्दिर निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइएको जानकारी दिँदै निर्माण कार्यमा नगरपालिकाबाट थप सहयोग उपलब्ध गराउने बताए। उनले धार्मिक तथा सामाजिक संरचनाको निर्माणले स्थानीय समुदायबीच एकता, सद्भाव र सहकार्य बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
बरुवा बसपार्क क्षेत्रमा निर्माण हुने विश्वकर्मा मन्दिरलाई धार्मिक आस्थाको केन्द्रसँगै सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने बहुउद्देश्यीय संरचनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। निर्माणका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा स्थानीयबाट सहयोग जुटाउने अभियानसमेत अघि बढाइने आयोजकले जनाएको छ।
















Discussion about this post