झापाको बुद्धशान्ति गाउँपालिका ४ बर्ने सडकमा मे १ ज २०९३ नम्बरको सुमो गाडी र मे ७ प ९४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा बिहीबार दिउँसो दुर्घटना परि २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ४ बस्ने २१ वर्षीय कमल चौधरी र मोटरसाइकलमा सवार १८ वर्षीया हेमा महत रहेका छन् ।
दुर्घटनामा परेकाको बीएण्डसी हस्पिटल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post