उपचारको क्रममा विरामीको मृत्यु भएपछि विराटनगर – ७ मा रहेको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड भएको छ ।
मोरङको बेलबारी नगरपालिका – ८ घर भएकी ३२ वर्षिय सजना राईको पित्तथैलीमा भएको पथरीयाको शल्यक्रिया गरेको तीन दिनपछि मृत्यु भएको छ । बिरामीको मृत्यु भएपछि आइतबार मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
मृतकका आफन्तले उपचारमा संलग्न भएका चिकित्सकको लापरबाहिले गर्दा विरामीको मृत्यु भएको आरोप लगाउँदै क्लिनिक तोडफोड गरेका हुन् । मृतकका आफन्तहरूले उपचारमा चिकित्सकलाई कारवाही गरिनुपर्ने माग राख्दै अहिले क्लिनिक अगाडी प्रर्दशन गर्दै आएका छन् ।
राईको पेट भित्र पित्तथैलीमा १५ एमएमको पथरीया भएको गत २८ मंसिरमा भिडियो एक्सरे गर्दा पुष्टि भएपछि चिकित्सकको सल्लाह अनुसार २८ पुसमा अवधनारायण क्लिनिकमा डा निषेश सिटौलाको टिमले बिरामीको शल्यक्रिया गरेका थिए ।
अप्रेशनपछि स्वास्थ्य अवस्या बिग्रदै जाँदा राख्ने आईसीयू लगायतका उपकरणको सुविधा नभएको भन्दै सुनसरीको धरानस्थित वीपी कोइराला विज्ञान प्रष्ठिानमा रेफर गरिएकी राईको माघ २ गते निधन भएको थियो । त्यसपछि पीडितका आफन्तले शुक्रबार र शनिबार अस्पताल प्रशासनसँग बारम्बार मृत्यु हुनुको कारण माग गरेका थिए ।














Discussion about this post