Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नेपाल चिनाउने रेडपाण्डा

अर्जुन उप्रेती by अर्जुन उप्रेती
अशोज २५, २०८२
in टाकुरा विशेष, पर्यावरण, भिजिट नेपाल, विचार
0
नेपाल चिनाउने रेडपाण्डा
78
SHARES
Share on FacebookShare on Twitter

नेपाललाई विश्वमान चित्रमा चिनाउने हिमाल, बाघ, हिउँचितुवा, एकसिंगे गैडा जस्तै संकटापन्न सूचीमा रहेको अर्काे सुन्दर प्राणी हो, रेडपान्डा ।

यही रेडपाण्डाका कारण विश्वले नेपाल चिन्न र यहाँको जैविक विविधताको बारेमा जानकारीसमेत पाउन थालेका हुन् । विश्वमा १५ हजारको संख्यामा मात्र रहेको रेडपाण्डामध्ये ३ सयदेखि एक हजारको संख्यामा नेपालमा रहेको अनुमान गरिएको छ ।

सन् २०१६ मा नेपालमा भएको रेडपाण्डाको सर्भेमा यसको संख्या ५ सय ८२ रहेको तथ्य पत्ता लागेको थियो । नजानिदो पाराले पर्यावरण सन्तुलनमा योगदान गर्ने रेडपाण्डा लजालु प्रकारको सुन्दर प्राणी हो ।

आइयुसिएनको रातो किताब र साइटिसको अनुसूची १ मा रेडपाण्डा अति संकटापन्न सूचीमा सूचीकृत प्राणी हो । निगालो र मालिङ्गोसहित १७ प्रकारका बाँस तथा निगालो रेडपाण्डाको मुख्य आहार भएको रेडपाण्डा संरक्षण नेटवर्कले जनाएको छ ।

यसको रातो रङ्गको शरीर र सेतो रङ्गको अनुहार भएको रेडपाण्डा नेपालका २४ जिल्लामा पाइन्छ । रातो पण्डा, पुणेकुदो हाब्रे, निगाले जस्ता नामले यसलाई स्थानीयहरूले चिन्दछन् ।

संरक्षणकर्मी आङ फुरी शेर्पाका अनुसार रेडपाण्डा १ हजार ८ सय मिटदेखि ४ हजार ५ सय मिटर सम्मको उचाईमा मालिङ्गोको घनाजंगल भएको स्थानमा पाइन्छ ।

रेडपाण्डाको आहारा भनेकै मालिङ्गो, निगालोेका टुसा र कलिलो पातहरू हुन् । रेडपाण्डाका मुख्य गरेर दुईवटा प्रजाति रहेको र त्यसमध्ये एलुलस फर्जेन्स प्रजातिको रेडपाण्डा नेपालमा पाइन्छ ।

विश्वका ५ वटा मात्र देशहरू नेपाल, भारत, भुटान, चिन, म्यानमारमा मात्र रेडपाण्डा पाइन्छ । नेपालमा सन् २०२० मा भएको गणनामा इलाम, पाँचथर र ताप्लेजुङ्गका संरक्षित क्षेत्रमा रेडपाण्डाको संख्या १ सय २४ गणना भएको थियो ।

सडकजस्ता भौतिक निर्माण, नेपालमा विद्यमान परम्परागत पशुपालन प्रणाली, कुकुरको आक्रमण, वासस्थान विनास, आहाराको विनाश जनावरको शिकारका लागि थापिने पासो, अवैध चोरी शिकारी तथा तस्करीले रेडपाण्डा लोप हुने अवस्थामा पुगेको वन मन्त्रालयको अध्ययनमा देखाइएको छ ।

वन मन्त्रालयल पहिलोपटक रेडपाण्डाको सर्वेक्षण गरेको र कोशीका सात जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुरमा रेडपाण्डा पाइन्छ । उक्त सर्वेक्षणले रुकुम, जाजरकोट, जुम्ला, मुगु दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, कालिकोट र रोल्पामा रेडपाण्डा पाइएको उल्लेख गरेको छ ।

आइयुसिएनको रातो किताब र साइटिसको अनुसूची १ मा रेडपाण्डा अति संकटापन्न सूचीमा सूचीकृत प्राणी हो । निगालो र मालिङ्गोसहित १७ प्रकारका बाँस तथा निगालो रेडपाण्डाको मुख्य आहार भएको रेडपाण्डा संरक्षण नेटवर्कले जनाएको छ ।

सडकजस्ता भौतिक निर्माण, नेपालमा विद्यमान परम्परागत पशुपालन प्रणाली, कुकुरको आक्रमण, वासस्थान विनास, आहाराको विनाश जनावरको शिकारका लागि थापिने पासो, अवैध चोरी शिकारी तथा तस्करीले रेडपाण्डा लोप हुने अवस्थामा पुगेको वन मन्त्रालयको अध्ययनमा देखाइएको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र, पाँचथरको सिदिन, प्राङबुङ, फलैँचा, ताप्लेजुङको ललेप, श्रीजङ्गा तथा इलामको जोगमाई, जमुना, माईपोखरी, मावु, माईमझुवा पाँचथरका सिदिन, प्राङ्गबुङ्ग, मेमेङ्ग च्याङ्गथापु, फलैँचा र लुङ्गरुपामा पाइने रेडपाण्डा नेटवर्कका रमेश राई बताउँछन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले हाब्रेलाई सन् १९९४ सालदेखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ । यो जीव समुद्र सतहदेखि २,०००–४,४०० मिटर उचाइसम्म पाइन्छ ।

यसको आयु औसतमा १५ वर्ष हुने अनुमान छ । शरीरको आकार गोलो टाउको, त्रिकोणीय कान, छोटो खुट्टा र पुच्छर हुन्छ । रेडपाण्डाको अनुहार र शरीरको तल्लो भाग सेतो हुन्छ । अरू रातो खैरो रङको हुन्छ ।

यसको उचाइ ०.४ मिटर, लम्बाइ ०.७ मिटर, पुच्छर ०.४ मिटर लामो र तौल करिब चारदेखि ६ किलोग्राम हुन्छ । गर्भ अवस्था एक सय १२ देखि एक सय ५८ दिनको हुन्छ ।

Tags: #भिजिट नेपाल#विचारअर्जुन उप्रेतीटाकुरा विशेषपर्यावरणरेडपाण्डा
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

Auto Draft
पर्यावरण

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इलाम : इलामको माइजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु प्रत्यक्ष देखिएको छ। वन्यजन्तु फोटोग्राफर देवेन खरेलले क्यामरामा कैद...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
टाकुरा विशेष

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३
१०८ धारा र धर्मशालाले रामधुनी मन्दिरमा थपियो नयाँ आकर्षण

१०८ धारा र धर्मशालाले रामधुनी मन्दिरमा थपियो नयाँ आकर्षण

असार २७, २०८३
वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    629 shares
    Share 252 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.