नेपाललाई विश्वमान चित्रमा चिनाउने हिमाल, बाघ, हिउँचितुवा, एकसिंगे गैडा जस्तै संकटापन्न सूचीमा रहेको अर्काे सुन्दर प्राणी हो, रेडपान्डा ।
यही रेडपाण्डाका कारण विश्वले नेपाल चिन्न र यहाँको जैविक विविधताको बारेमा जानकारीसमेत पाउन थालेका हुन् । विश्वमा १५ हजारको संख्यामा मात्र रहेको रेडपाण्डामध्ये ३ सयदेखि एक हजारको संख्यामा नेपालमा रहेको अनुमान गरिएको छ ।
सन् २०१६ मा नेपालमा भएको रेडपाण्डाको सर्भेमा यसको संख्या ५ सय ८२ रहेको तथ्य पत्ता लागेको थियो । नजानिदो पाराले पर्यावरण सन्तुलनमा योगदान गर्ने रेडपाण्डा लजालु प्रकारको सुन्दर प्राणी हो ।
आइयुसिएनको रातो किताब र साइटिसको अनुसूची १ मा रेडपाण्डा अति संकटापन्न सूचीमा सूचीकृत प्राणी हो । निगालो र मालिङ्गोसहित १७ प्रकारका बाँस तथा निगालो रेडपाण्डाको मुख्य आहार भएको रेडपाण्डा संरक्षण नेटवर्कले जनाएको छ ।
यसको रातो रङ्गको शरीर र सेतो रङ्गको अनुहार भएको रेडपाण्डा नेपालका २४ जिल्लामा पाइन्छ । रातो पण्डा, पुणेकुदो हाब्रे, निगाले जस्ता नामले यसलाई स्थानीयहरूले चिन्दछन् ।
संरक्षणकर्मी आङ फुरी शेर्पाका अनुसार रेडपाण्डा १ हजार ८ सय मिटदेखि ४ हजार ५ सय मिटर सम्मको उचाईमा मालिङ्गोको घनाजंगल भएको स्थानमा पाइन्छ ।
रेडपाण्डाको आहारा भनेकै मालिङ्गो, निगालोेका टुसा र कलिलो पातहरू हुन् । रेडपाण्डाका मुख्य गरेर दुईवटा प्रजाति रहेको र त्यसमध्ये एलुलस फर्जेन्स प्रजातिको रेडपाण्डा नेपालमा पाइन्छ ।
विश्वका ५ वटा मात्र देशहरू नेपाल, भारत, भुटान, चिन, म्यानमारमा मात्र रेडपाण्डा पाइन्छ । नेपालमा सन् २०२० मा भएको गणनामा इलाम, पाँचथर र ताप्लेजुङ्गका संरक्षित क्षेत्रमा रेडपाण्डाको संख्या १ सय २४ गणना भएको थियो ।
सडकजस्ता भौतिक निर्माण, नेपालमा विद्यमान परम्परागत पशुपालन प्रणाली, कुकुरको आक्रमण, वासस्थान विनास, आहाराको विनाश जनावरको शिकारका लागि थापिने पासो, अवैध चोरी शिकारी तथा तस्करीले रेडपाण्डा लोप हुने अवस्थामा पुगेको वन मन्त्रालयको अध्ययनमा देखाइएको छ ।
वन मन्त्रालयल पहिलोपटक रेडपाण्डाको सर्वेक्षण गरेको र कोशीका सात जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुरमा रेडपाण्डा पाइन्छ । उक्त सर्वेक्षणले रुकुम, जाजरकोट, जुम्ला, मुगु दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, कालिकोट र रोल्पामा रेडपाण्डा पाइएको उल्लेख गरेको छ ।
आइयुसिएनको रातो किताब र साइटिसको अनुसूची १ मा रेडपाण्डा अति संकटापन्न सूचीमा सूचीकृत प्राणी हो । निगालो र मालिङ्गोसहित १७ प्रकारका बाँस तथा निगालो रेडपाण्डाको मुख्य आहार भएको रेडपाण्डा संरक्षण नेटवर्कले जनाएको छ ।
सडकजस्ता भौतिक निर्माण, नेपालमा विद्यमान परम्परागत पशुपालन प्रणाली, कुकुरको आक्रमण, वासस्थान विनास, आहाराको विनाश जनावरको शिकारका लागि थापिने पासो, अवैध चोरी शिकारी तथा तस्करीले रेडपाण्डा लोप हुने अवस्थामा पुगेको वन मन्त्रालयको अध्ययनमा देखाइएको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र, पाँचथरको सिदिन, प्राङबुङ, फलैँचा, ताप्लेजुङको ललेप, श्रीजङ्गा तथा इलामको जोगमाई, जमुना, माईपोखरी, मावु, माईमझुवा पाँचथरका सिदिन, प्राङ्गबुङ्ग, मेमेङ्ग च्याङ्गथापु, फलैँचा र लुङ्गरुपामा पाइने रेडपाण्डा नेटवर्कका रमेश राई बताउँछन् ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले हाब्रेलाई सन् १९९४ सालदेखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ । यो जीव समुद्र सतहदेखि २,०००–४,४०० मिटर उचाइसम्म पाइन्छ ।
यसको आयु औसतमा १५ वर्ष हुने अनुमान छ । शरीरको आकार गोलो टाउको, त्रिकोणीय कान, छोटो खुट्टा र पुच्छर हुन्छ । रेडपाण्डाको अनुहार र शरीरको तल्लो भाग सेतो हुन्छ । अरू रातो खैरो रङको हुन्छ ।
यसको उचाइ ०.४ मिटर, लम्बाइ ०.७ मिटर, पुच्छर ०.४ मिटर लामो र तौल करिब चारदेखि ६ किलोग्राम हुन्छ । गर्भ अवस्था एक सय १२ देखि एक सय ५८ दिनको हुन्छ ।














Discussion about this post